आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रममा कलाकारको ध्यानाकर्षण
Advertisement

५ जेठ, काठमाडौं । कोरोनाको असर हेरी चरणबद्ध रुपमा “ललितकला थेरापी” प्याकेज ल्याइनु पर्ने माग गर्दै विश्वकला यात्री प्राज्ञ नगेन सिंह, प्रताव बानियाँ, सुवास भण्डारी र प्रकाश पुनले जिल्ला प्रशासन कार्यालय कास्कीमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

ध्यानाकर्षण पत्रमा भनिएकाे छ, सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीले यहि जेष्ठ २ गते २०७७ मा संघीय संसदको संयुक्त बैठकमा सार्वजनिक गरेकाे आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा हाम्रो ध्यानाकर्षण भएको छ ।

आगामि आर्थिक वर्षको बजेट पुर्ण रुपमा कोभिड–१९ले जनमानसमा पु¥याएको असरको आधारमा आत्मबल पुनरुत्थानमा केन्द्रित हुनुपर्दछ । कोरोनाको असर हेरी चरणबद्ध रुपमा “ललितकला थेरापी” प्याकेज ल्याइनु पर्दछ ।अहिलेको वर्तमान परिप्रेक्षमा फेरी बन्दाबन्दीको अवस्थामा वा खुलेसंगै ललितकला थेरापीको आवश्यकता पर्ने टट्कारो रुपमा देखिन्छ ।

Advertisement

ज्ञापनपत्र बुझ्दै कार्यालय प्रमुख चित्राङगत बरालले नेपाल आँफै कला संस्कृतिको धनि देश हो । पहिले देखि नै कला संस्कृतिको देश भनेर चिनिएको थियो तसर्थ विभिन्न सुझाव सहितको ज्ञापनपत्र प्रधानमन्त्रीकोमा पठाईदिने बचन व्यक्त गरे ।

ज्ञापन पत्रमा हरेक सरकारी विद्यालयमा अनिवार्य ललितकलाको कला गुरु राख्नु पर्ने, विभिन्न श्रोत मार्फत उठेको करबाट निश्चित प्रतिशत ललितकलामा लगाउनु पर्ने, हरेक सरकारी कार्यालयमा अनिवार्य एक कलाकृति राखिनु पर्ने, नेपालका कलाकारहरुको कलाकृतिहरु बैंकमा धितो राखेर ऋण सविधा उपलब्ध गराउनु पर्ने मागहरु रहेका छन् ।ज्ञापनपत्र प्रताव बानियाँले वाचन गरेर प्रशासन प्रमुख चित्राङगत बराललाई सुनाएका थिए ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्