आजदेखि दमौली बजार हप्ताको चार दिन खुल्ने
नेपालबहस संवाददाता
जेठ ६, २०७७ मंगलबार १९:२७:३८
६ जेठ, तनहुँ । सदरमुकाम दमौली बजार आज मंगलबारदेखि लागु हुने गरी हप्ताको चार दिन तीन घण्टाका दरले खुल्ने भएको छ । यसअघि दैनिक समयावधि तोकी पसल खुलाउने गरे पनि मानिसको चहलपहलमा वृद्धि हुँदै गएपछि न्यूनीकरणका लागि समयावधि घटाइएको हो ।
व्यास नगरपालिका बजार अनुगमन समितिले यही जेठ ६ गतेदेखि लागु हुने गरी हरेक हप्ता सोमबार, मंगलबार, बुधबार र बिहीबार बिहान ११ देखि अपराह्न २ बजेसम्म दमौली बजार क्षेत्र खुला राखिने निर्णय गरेको समितिका संयोजक एवं नगर उपप्रमुख मीरा जोशीले जानकारी दिए ।
क्वारेन्टिनमा बस्ने बढ्दै
पछिल्लो समय क्वारेन्टिनमा बस्ने पुनः उकालो लाग्न थालेको छ । शून्य अवस्थामा पुगेको तनहुँमा कोरोना संक्रमित रेडजोनबाट मानिस आआफ्नाघर आउने क्रम जारी रहेपछि क्वारेन्टिनमा बस्नेको संख्यामा वृद्धि भएको हो । जिल्लामा हाल दुई महिलासहित ४३ जना क्वारेन्टिनमा बस्दै आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए।
तनहुँमा हालसम्म ५८६ पुरुष र ८२ महिलाको आरडिटी गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । त्यसैगरी २४ पुरुष र १५ महिला गरी ३९ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा नेगेटिभ आएको र पाँच जनाको आउन बाँकी रहेको प्रमुख अधिकारीले बताए । त्यस्तै जिल्लाका विभिन्न हेल्थ डेस्कबाट ४९३ महिलासहित एक हजार ९०७ जनाको तापक्रम मापन गरिएको बताइएको छ ।
खानेपानी योजना प्रभावित
अन्तिम चरणमा पुगेको जिल्लाको दक्षिण भेगमा पर्ने गोठार्दी डुकुडाँडा खानेपानी योजनाबाट ऋषिङ गाउँपालिका–६ का बासिन्दा प्रभावित बनेका छन् । बन्दाबन्दीका कारण प्राविधिक आउन नसक्दा पाइप विस्तार गरी घरघरमा धारा जडान रोकिएपछि स्थानीयबासी चिन्तित भएको गोठार्दी डुकुडाँडा खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर थापाले जानकारी दिए । उक्त योजनाबाट त्यस क्षेत्रका १९० घरधुरीका करीब एक हजार बासिन्दा लाभान्वित हुने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार