नेपालको नयाँ नक्सा : मोदीको सल्लाह कि ओलीको विवेक ?
नेपालबहस संवाददाता
जेठ ६, २०७७ मंगलबार २३:४:१२
यज्ञप्रसाद भट्टराई
६ जेठ, काठमाडौं । ढिलै भएपनि सरकारले कोरेको छ मेरो देशको नक्सा । सर्वप्रथम हाम्रो प्यारो राष्ट्रबादी सरकारलाई हार्दिक बधाई छ । यसलाई तमाम नेपालीले सरकारको स्वागत योग्य कामको शुभारम्भ पनि भनेका छन् । यसलाई सरकारले आफ्नो उर्जाको रुपमा लिँदैं आगामी दिनमा आउन सक्ने सीमा विबादहरु र त्रिदेशीय कठिनाईहरुलाई पनि शुक्ष्म रुपले अध्ययन गरेर अगाडी बढनु पर्छ ।
मन्त्रीपरिषद् जस्तो देशको सम्मानित निकायबाट नेपालको आधिकारिक नक्सा प्रकाशित हुनु देश र जनताका लागि अति नै महत्वपूर्ण काम हो । यसलाई देश विदेशमा रहेका तमाम नेपालीहरुको बिना शर्त सम्मान र ऐक्यबद्धता छ । तर सरकारले त्रिदेशीय सीमानासहितको नेपालको वर्तमान नक्सालाई मन्त्रीपरिषदबाट मात्रै पास गरेर भने पुग्दैन । यसलाई सरकारले संघीय संसदको पूर्ण दुईतिहाई बहुमतबाट पारित गरेर राष्ट्रिय स्तरमा कानूनी मान्यता प्राप्त नयाँ क्षेत्रफलसहितको नेपाली नक्सालाई तुरुन्त सबै क्षेत्रमा लागु गराउन जरुरी छ ।
नेपालको नयाँ नक्सा, नयाँ सीमाना र नयाँ क्षेत्रफलका बिषयमा अब बिस्तारै अन्तराष्ट्रिय स्तरमा लबिङ्ग गर्न शुरु गर्नुपर्छ । अहिलेको देशको नयाँ सीमाना संभवत जंगबहादुर राणा प्रधानमन्त्री हुँदा भएको सीमाना र क्षेत्रफलको आधारमा दुबैमा फरक हिसाबले आएको देखिन्छ । यस बिषयमा नेपाल सरकारले पक्कै पनि अन्तराष्ट्रिय सीमाविद्, त्रिदेशिय सीमा व्यवस्थापनका विषयविज्ञ, भारत र चिनसँगको निरन्तरको छलफल र बहसबाट नै ल्याएको हुनुपर्छ । हिजोसम्म नेपालले आप्mनो देशको क्षेत्रफल १,४७,१८१ वर्ग किलोमिटर भन्दै आएकोमा के.पी. ओली नेतृत्वको नेपाल सरकारबाट देशको सीमाना र क्षेत्रफल बढेर १,४७,५५७ बर्ग किलोमिटर बन्न पुगेको छ ।
यस हिसाबले हेर्दा नेपालको भौगोलिक सीमानमा बढोत्तरी भएको छ । कुनै पनि देशको सीमाना बृद्धि हुनु भनेको छिमेकी मुलुकको सीमानामा कटौति हुनु होईन र ? कित पहिला नेपालको नक्साको भौगोलिक सीमाना नापजाँच गर्ने सीमाबिद्हरुले यसै हावादारी रुपमा नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग किलो मिटर भनेका हुन ? बिगतको देशको सीमाना र हालको देशको सीमानामा ३७६ वर्ग किलोमिटर जमिन बृद्धि भएको देखिन्छ ।
यसले नेपालको ईतिहासमै जंगबहादुरले थपेको नयाँ मुलुक पछि अहिलेको सरकारले देशको क्षेत्रफल बृद्धि गर्न सफल भएको देखिन्छ । जसरी जङ्गबहादुर राणाले देशको सीमाना थप गर्न सफल भए त्यसलाई नयाँ मुलुक भनिए झै ओली सरकारले थप गरेर ल्याएको नेपालको नयाँ क्षेत्रफललाई किन दोश्रो नयाँ मुलुक नभन्ने ???
भारतिय प्रधानमन्त्री कै सल्लाहमा अहिले नेपालमा भैरहेको सीमा विबादको आन्दोलनलाई मत्थर पार्न रचिएको एउटा फण्डाको रुपमा पनि लिएका छन् । हिजोका दिनमा मोदीकै डिजाईनमा भएका राजनैतिक दलका भारत विरोधि गतिबिधिहरुबाट तर्सिएका नेपालीहरुले अझै पनि भारत सरकार र मोदीको चालबाजीमा तुरुन्तै बिश्वास गरि हाल्न सक्ने अवस्था पनि छैनन् । संसद भित्रै सरकारको र भारतको विरोधको स्वरहरु एक पछि अर्को उठन थाले पछि त्यसलाई तत्कालका लागि बिषयान्तर गर्न भारतले नयाँ रणनिति बाहिर ल्याएको पनि हुन सक्छ ।
सरकारले प्रकाशन गरेको नेपालको नयाँ नक्सामा अब बिस्तारै छmलफल र बहस हुँदै जाला । केही अन्तराष्ट्रिय सीमाविदहरुले यसलाई नेपालले अहिल्यै हौसिहाल्ने अवस्था नभएको पनि बताएका छन् । कसै–कसैले कागजी नक्सा प्रकाशन गर्दैमा देशको सीमाना बृद्धि नहुने र जवसम्म भारतिय सुरक्षा बल नेपालको भूमिबाट हटाउन सकिदैन तबसम्म राजधानी केन्द्रित नक्सा निर्माणले मात्रै कुनै तात्विक अर्थ राख्दैन पनि भनेका छन् ।
कसै कसैले यसलाई जनतालाई मूर्ख बनाएर सरकारको सत्ता टिकाउने खेलको रुपमासमेत चित्रित गरेका छन् । जस–जसले जे सुकै कुरा गरे तापनि सरकारले भने राष्ट्रिय भावनाले ओतप्रोत भएर एउटा ऐतिहासिक कदम भने उठाउन हिम्मत गरेकै हो । यस बिषयमा छिमेकी मित्र राष्ट्रहरुबाट कुनै औपचारिक प्रतिक्रिया आई नसकेकोले यस बिषयमा कुनै तर्क र शंका उपशंका गर्नुको कुनै अर्थ नरहन सक्छ ।
यसलाई कसै–कसैले भारतिय प्रधानमन्त्री कै सल्लाहमा अहिले नेपालमा भैरहेको सीमा विबादको आन्दोलनलाई मत्थर पार्न रचिएको एउटा फण्डाको रुपमा पनि लिएका छन् । हिजोका दिनमा मोदीकै डिजाईनमा भएका राजनैतिक दलका भारत विरोधि गतिबिधिहरुबाट तर्सिएका नेपालीहरुले अझै पनि भारत सरकार र मोदीको चालबाजीमा तुरुन्तै बिश्वास गरि हाल्न सक्ने अवस्था पनि छैनन् । संसद भित्रै सरकारको र भारतको विरोधको स्वरहरु एक पछि अर्को उठन थाले पछि त्यसलाई तत्कालका लागि बिषयान्तर गर्न भारतले नयाँ रणनिति बाहिर ल्याएको पनि हुन सक्छ ।
नत्र यति चाँडै रातारात नेपालको सीमानासमेत बढोत्तरी हुने गरी नयाँ नक्सा कसरी बाहिर आयो त ? भारत सरकारले अन्तराष्ट्रिय सीमा कानूनकोसमेत बेवास्ता गर्दै नेपाललाई नयाँ नक्सा प्रकाशन गर्न कसरी छुट दियो त भन्ने बिषय अत्यन्तै गम्भिर छ । तर यसलाई एक अनुमानको रुपमा मात्रै हेर्न समेत मेरो अनुरोध छ । सरकारले एक पक्षिय रुपमा आफ्नो अमिन लगाएर बनाएको नक्साले छिमेकी सधियारहरुबाट कस्तो प्रतिक्रिया आउने हो ? यसलाई कसरी चौहद्दी प्रमाणित गरिने हो ? अनि कहिले र कसरी देशको प्रमाणित लालपुर्जा प्राप्त हुने हो ति तमाम कामहरुको नतिजा प्रकाशन हुन भने छिटोमा पनि अझै नेपालीले ५/७ महिना कुर्नु पर्ने हुन्छ ।
देशले वर्तमानमा क्षेत्रफल बढोत्तरी सहितको नयाँ नक्सा पाएको छ । के अब यति भए पछि नेपाल भारत बिचको सीमा बिबाद निमिट्यान्न भएर समाधान भएका हुन त ? के अब भारतले लिपुलेक हुँदै मानसरोबर जाने बाटोको स्वामित्व नेपाल सरकारलाई हस्तान्तरण गर्छ त ?
तराईमा बर्षौदेखि खोलाले बगाएका, माटो उत्खनन गरेर र भारतले जानाजान सार्न लगाएका जङ्गे पिलरहरुले के अब आफ्नो पुरानै बासस्थानमा बस्ने अनुमति पाएको हो त ? के नेपालको नयाँ सीमानामा गएर अब नेपालका सुरक्षाकर्मीहरु निर्धक्क देशको सुरक्षामा खटन् सक्ने अवस्था आएकै होत ?? के ति समेटिएका सीमानाका नेपाली नागरिकको २०७८ सालको जनगणनामा नामावलीहरु समेटिन्छन् ?? के अब देशको नयाँ सीमाना सहितको नेपालको नयाँ नक्सा प्रकरणले देशमा थप नयाँ चुनौतिहरु बढेर जाने त होईनन् ?
विश्व मानचित्रमा देखिने नेपालको भौगोलिक नक्साको आकार, गुगलले देखाउदै आएको नेपालको भौगोलिक सीमानाको नक्सामासमेत कही कतै नदेखिएको बिवादित क्षेत्रफलसहितको नेपालको नयाँ जारी गरिएको नक्साले बर्तमानमा सरकारले केही समयको न्यानो ताली प्राप्त गरे पनि निकट भविष्यमै यसले डरलाग्दो सीमा समस्या खडा गर्ने अवस्थासमेत सरकारको आँखा अगाडि झल्झल्ति देखिदैन र ??
तुईन विस्थापन गरेर कहिले रेल युग त कहिले पानीजहाजको युगको मिठास अनुभव गर्दै आज फेरि नेपालको नयाँ नक्सा छापेर अर्को युगको छलाङ्ग मारेको छ । वस्तवमा नेपालका बहालवाला प्रधानमन्त्री के.पी. शर्मा ओली मात्रै यस्ता प्रधानमन्त्री हुन जसको प्रधानमन्त्रीत्व कालमा देशले शत्रवटा युग परिवर्तन र बत्तिसवटा भन्दा बढी काण्ड गर्न भ्याएकै हो । कर्मसहित गरिएका यस्ता काण्डहरु तथा पटक पटकका युग परिवर्तनले वास्तवमा हामी अहिले कुन युगमा विचरण गर्दै छौं ?
हुन त सरकारले यस भन्दा अघि पनि सरकारले बिभिन्न महत्वकांक्षी र दुरगामी प्रभाव पार्ने कार्यक्रमहरु नल्याएको हैन । यो सरकार गठन भए पश्चात देशले धेरै पटक धेरैवटा युगहरु परिवर्तन गरिसकेको छ । यो सरकारले अत्यन्तै तामझामका साथ गोबरग्याँस प्लान्टको उद्घाटन गरेर दाउराको युग नै समाप्त गर्दिन्छु भनेपछि त्यहाँ एउटा युगको अन्त्य भएकै हो । केही समय अघि सामाजिक सुरक्षा कार्यक्रम ल्याएर बिजुलीका पोलपोलमा युग परिवर्तनको पोष्टरिङ्ग गर्न पनि भ्याएकै हो ।
त्यो भन्दा अघि तुईन विस्थापन गरेर कहिले रेल युग त कहिले पानीजहाजको युगको मिठास अनुभव गर्दै आज फेरि नेपालको नयाँ नक्सा छापेर अर्को युगको छलाङ्ग मारेको छ । वस्तवमा नेपालका बहालवाला प्रधानमन्त्री के.पी. शर्मा ओली मात्रै यस्ता प्रधानमन्त्री हुन जसको प्रधानमन्त्रीत्व कालमा देशले शत्रवटा युग परिवर्तन र बत्तिसवटा भन्दा बढी काण्ड गर्न भ्याएकै हो । कर्मसहित गरिएका यस्ता काण्डहरु तथा पटक पटकका युग परिवर्तनले वास्तवमा हामी अहिले कुन युगमा विचरण गर्दै छौं ? भन्ने कुरा मै दुबिधा हुन थालेको छ ।
कुरा जे जस्ता गरिए पनि सरकारले अहिले लिएको राष्ट्रियता र राष्ट्रको सीमानाको बिषयमा लिईएका अडानहरु सहि छन् । सम्मानजनक छन्, स्वागतयोग्य छन् । यहि अडान र उत्साहलाई निभ्न नदिईकन अब छिट्टै केचनाकवलदेखि लिम्पियाधुरासम्म नेपाल भारत सीमानामा काँढेतारसहितको सीमाबार लगाउन जरुरी छ । सरकारले विकास निर्माणका विषयमा, भ्रष्टाचार न्यूनिकरणका विषयमा, महङ्गी नियन्त्रणका विषयमा, कालोधनलाई सेतो बनाउने विषयमा, सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने विषयमा, सरकारी जग्गा केहि गोजिका व्यक्तिहरुलाई भाडामा लगाउने विषयमा ख्यालठट्टा गरे पनि सिंगो देशको सीमानाका विषयमा भने ख्यालठट्टा नगरियोस् भन्ने आम नेपालीको चाहना हो । सरकारले लिएको अहिलेको कदमलाई भने सम्पूर्ण नेपालीको तर्फबाट सलाम छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकतन्त्र दिवसको सान्दर्भिकता
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
प्रिमियम लिगका दुइ खेलाडीमाथि बलात्कारको आरोप
बैशाख १३, २०८१ बिहिबार
अमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार