शनिबार , कार्तिक १५, २०७७

कोरोना भाइरसको संक्रमण हुन नदिन के गर्ने, के नगर्ने ?

कोरोना भाइरसको संक्रमण हुन नदिन के गर्ने, के नगर्ने ?

६ जेठ, काठमाडाैं । संसारका अधिकांश मुलुकमा कोरोना भाइरसको संक्रमण देखा परेसँगै नेपालमा पनि संक्रमितको स‌ंख्या दिनदिनै बढ्न थालेको छ । कोरोना संक्रमण फैलन नदिनका लागि हामीले हाम्रो बानीमा निकै सचेत हुनुपर्ने देखिन्छ ।

कोरोना भाइरसको संक्रमणपछि देखिने लक्षणबारे जानकारी लिनु पर्छ । यसको लक्षण ज्वरो आउने, खोकी लाग्ने, स्वास फेर्न गाह्रो हुनेसहितका हुन् । तर यसको सुरुवात रुघाबाट हुँदैन अधिकांशमा ।

सार्वजनिक स्थल जानु पूर्व सावधानी अपनाउने गर्नु पर्छ । विशेष गरी ६० वर्ष भन्दा माथिका वा गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरुले सार्वजनिक स्थलको यात्रा सकेसम्म कम गर्नु पर्छ । खोक्दा वा हाछ्यूँ गर्दा मुख छोप्नु पर्छ । खोक्दा वा हाछ्यूँ गर्दा प्रयोग गरेको टिस्यू पेपर डिस्पोज गर्नु पर्छ ।

आफूमा भाइरस भएको वा भाइरसको संक्रमण भएको क्षेत्रमा जाँदै हुनुहुन्छ भने मास्क प्रयोग गर्नु पर्छ । मास्क पनि सही तरिकाले लाउनु पर्छ । कोरोनाको संक्रमण फैलिन नदिनका लागि के गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने कुरा यहाँ उल्लेख गरिन्छ :

के गर्ने ?

आफ्नो व्यक्तिगत स्वच्छतामा ध्यान दिनुस् ।

साबुनले लगातार हात धुनुस् ।

हाच्छ्युँ गर्दा र खोक्दा मुख अवश्य छोप्नुस् ।

हात फोहर देखिएमा साबुन र पानीले अवश्य धुनुस् ।

हात फोहर नभएपनि हातलाई ह्यान्डवाशले अवश्य धुनुस् ।

प्रयोग गरेपछि टिस्युलाई तुरुन्तै बन्द भाँडोमा फ्याँक्नुस् ।

अस्वस्थ भएमा विशेषगरी रुघाखोकी र ज्वरो आएमा चिकित्सकलाई तत्कालै भेट्नुस् ।

मानिसहरूसँग दूरी बनाउनुस् ।

आँखा, नाक र मुख नछुनुस् ।

के नगर्ने ?

खोकी वा ज्वरो छ भने कसैसँग पनि सम्पर्क नगर्नुस् ।

सार्वजनिक स्थानमा नथुक्नुस् ।

काँचो र आधा पाकेको मासु नखानुस् । जीवित पशुको नजिक नजानुस् ।

खेततिर नजानुस्, पशु बिक्री हुने ठाउँ र वधशालातिर नजानुस् ।

(यो सामग्री वेबएमडीको सहयोगमा तयार पारिएको हो।)

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय