ओलम्पिक छनोट प्रतियोगिताको मिति तय गर्न निर्देशन
Advertisement

६ जेठ, एजेन्सी । अन्तराष्ट्रिय ओलम्पिक कमिटि ‘आईओसी’ले सबै अन्तराष्ट्रिय महासंघलाई टोकियो ओलम्पिकका लागि छनोट प्रतियोगिताको मिति तय गर्न निर्देशन दिएको छ ।

कोरोना महामारीका बीच प्रतियोगिता रद्ध गर्ने सहित सबै सम्भावना सहितको प्रतिवेदन बनाउन सहयोग गर्न आईओसीले सम्बन्धित महासंघलाई निर्देशन दिएको हो । पछिल्लो महिना आईओसीले टोकियो ओलम्पिकको छनोटका लागि सन् २०२१ जुन २९ भित्रको समय तय गर्न निर्देशन दिएको थियो ।

यस वर्षका लागि तय गरिएको ओलम्पिक कोरोना महामारीका कारण अर्को वर्षका लागि सारिएको छ ।  प्रतियोगिताको समय र स्थानको टुङ्गो लाग्ने बित्तिकै हामीलाई जानकारी गराउन अनुरोध गरिन्छ । जसलाई चाँडै छनोट प्रणालीमा समावेश गर्न सकिनेछ ।

Advertisement

आईओसीका अनुसार संशोधित छनोट प्रणाली बन्ने बित्तिकै आईओसीको खेल सञ्चालन म्यानेजरले विपत योजना अनुसार काम गर्नेछन् । जसले ओलम्पिक छनोट प्रतियोगिता हुन नसक्ने अवस्थामा काम गर्न सक्नेछ । आईओसीले टोकियो ओलम्पिकलाई कम खर्च हुने गरि प्रतियोगिता सञ्चालन गर्न योजना बनाईरहेको समेत बताएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्