नयाँ नक्शा जारी गर्ने प्रस्ताव मेरो हो : गौतम
नेपालबहस संवाददाता
जेठ ७, २०७७ बुधबार १८:२२:१३
७ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले नेपालको नयाँ नक्शा जारी हुनुमा आफ्नो भूमिका महत्वपूर्ण रहेको दावी गरेका छन् ।
नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्शा जारी गर्नुपर्ने सन्दर्भमा मैले सुरुदेखि नै पार्टीमा सशक्त विचार र जोडदार माग राख्दै आएको सबैमा स्मरण गराउन चाहन्छु– आज बिहान उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका छन् ।
यसपटक पनि छुटेको भूमि समेटेर नक्शा जारी गनुपर्ने प्रस्ताव पार्टी बैठकमा मैले नै राखेको हुँ– उपाध्यक्ष गौतमले भनेका छन् ।उक्त नक्शा जारी गर्न सरकारले निर्णय गरेसँगै प्रधानमन्त्री केपी ओली र भूमिसुधार मन्त्री पद्मा अर्यालको प्रशंशा भएकोमा उपाध्यक्ष गौतमले घुमाउरो शैलीमा असन्तोष प्रकट गर्दै भनेका छन्– अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने चलन छ ।
तर, यो निर्णय पार्टीको सामुहिक निर्णय प्रकृयाबाट भएको हो, सोही अनुरुप नेपाल सरकारले पनि अनुमोदन गरेको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ । उनले अगाडि लेखेका छन्– यो सरकार अनेकन काममा आलोचनायोग्य हुँदाहुँदै पनि यो काम भने स्वागतयोग्य छ ।
महाकाली सन्धिका विषयमा तत्कालिन नेकपा एमालेसँग गम्भिर असहमति जनाउँदै गौतमले पार्टी विभाजन गरी माले पुनर्गठन गरेका थिए । त्यतिखेर उनले भारतीय पक्षले सीमा अतिक्रमण गरेको र पार्टीले प्रतिकार नगरेको भन्दै असन्तुष्टी प्रकट गरेका थिए । यस पृष्ठभूमिमा नेता गौतमले सरकारले जारी गरेको नेपालको नयाँ नक्शामा आफ्नो जश लिने प्रयास गरेको देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रधानन्यायाधीशले महालेखापरीक्षक रायालाई गराए शपथ
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार