भेलुखेल सिल गर्दैगर्दा, एकाएक त्रास !
नेपालबहस संवाददाता
जेठ ७, २०७७ बुधबार २०:३९:१४
◊ रमेश गिरी
७ जेठ, भक्तपुर । भक्तपुर नगरपालिका–६ भेलुखेलस्थित द्यौलाबस्तीमा आज बिहान हतियारसहित नेपाली सेना र प्रहरी टोली पुग्दा स्थानीयवासी नियमित काममा व्यस्त थिए । प्रहरी देखेपछि किन आए प्रहरी भन्नेबारेमा खैलाबैला भयो । आफ्नै छिमेकीको घरमा एक कोरोना सङ्क्रमित भएर बस्ती सिल गर्ने तयारीका लागि प्रहरी आएको पौने ८ बजेमात्रै थाहा पाए ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानको नेतृत्वको टोली ७ : ३० बजे भेलुखेल पुग्दा बस्तीमा कुनै त्रास थिएन, मान्छे ओहोरदोहोर गरिरहेका थिए, बालबालिका खुला ठाउँमा निर्वाध खेलिरहेका थिए । बस्तीमा बिहानको चहलपहल बाक्लो थियो । जब बिहान ८ बजे प्रहरीले बस्ती सिल गर्ने तयारी गर्दै स्थानीयवासीलाई घर बाहिर ननिस्कन आग्रह गरे तब बल्ल स्थानीयवासीमा एकाएक त्रास फैलियो । स्थानीयको त्रास देखेर प्रहरीले मनोपरामर्श दिन थाले ।
स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा भक्तपुरका एक पुरुषमा कोरोना सङ्क्रमितको पुष्टि गरेपछि मंगलबार नै भक्तपुरमा हल्लीखल्ली भयो । भक्तपुरका चारैतीरबाट कहाँको मान्छे होला भन्ने खोजी र त्रास एकैपटक फैलियो । स्थानीय बासिन्दा हो कि, बाहिरबाट आएको मान्छे हो कि, आफ्नै गाउँमा पो प¥यो कि भन्ने त्रास चारवटै नगरपालिका बासिन्दामा रह्यो ।
साँझ पछि भक्तपुर नगरपालिकाभित्रको भन्ने जानकारी आएपछि आरडीटी र पीसीआर परीक्षण गराएका टोलटोलका जनप्रतिनिधिदेखि स्थानीय बासिन्दामा त्रास फैलियो । को हो त सङ्क्रमित भन्ने पहिचान नहुँदा त्रासका बीच बित्यो सिङ्गो रात । त्यो अवधिमा भक्तपुर प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मीदेखि पत्रकारसम्मलाई भक्तपुर कहाँको मान्छे सङ्क्रमित भनेर तारन्तार फोन आउँथ्यो । तर, सबैको एउटै जवाफ आउँथ्यो अझै पत्ता लागेको छैन ।
सुरक्षा निकायले सङ्क्रमितका बारेमा राति मात्रै पत्ता लगायो । मन्त्रालयले गरेको पत्रकार सम्मेलनपछि भक्तपुरका सुरक्षा निकायले समेत सङ्क्रमितको पहिचान र ठेगाना पत्ता लगाउन नसक्दा सुरक्षाकर्मीसमेत राति अबेरसम्म रणभुल्लमा परेका थिए । जब मध्यराति १ः३० बजे भक्तपुर नगरपालिका–५ भेलुखेलका ४२ वर्षीय एक पुरुषलाई आइसोलेटेड एम्बुलेन्समा राखेर बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसोलेसनमा लगियो तब मात्रै सुरक्षा निकाय ढुक्क भयो ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले विगतका दुई सङ्क्रमितको छिटो पहिचान हुँदा बस्ती सिल गर्न र ट्रेसिङ गर्न सहज भए पनि मंगलबार भने राति अबेरसम्म पहिचान गर्न गाह्रो भएको बताए। काठमाडौं महानगरपालिकामा फोहर बोक्ने सवारी चालकको काम गर्दै आएका उनको महानगरपालिकाले यही जेठ २ गते गरेको स्वाब सङ्कलनको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट रहेको मन्त्रालयको पत्रकार सम्मेलनमा सार्वजनिक भयो । सङ्क्रमित व्यक्ति को हो भन्ने जानकारी मध्यराति मात्रै पाउँदा बस्तीमा धेरै जोखिम बढेको भन्दै स्थानीयवासी त्रसित बनेका छन् ।
यो खबरले भक्तपुर नगरपालिका क्षेत्र निकै तरङ्गित बन्यो । भक्तपुरमा सफाइ मजदुर भेलुखेलबाटै जाने भएकाले भक्तपुर नगरपालिकामा पनि सङ्क्रमण फैलिन सक्ने त्रास नगरपालिकामा रहेको छ । मध्यराति पहिचान भएपछि सुरक्षा निकायले आज बिहान ८ बजे भेलुखेल पुगेर बस्ती सिल गरेको छ । बस्ती सिल भएका क्षेत्रका बासिन्दालाई सुरक्षाकर्मीले बस्तीभन्दा बाहिर आउन दिएको छैन । स्थानीय बाबुरत्न द्यौलाले आफ्नो बस्तीमा बिहान ८ बजे एकैपटक हतियार बोकेका सेना र प्रहरी आएर तैनाथ हुँदै घर बाहिर ननिस्कन भनेपछि छक्क परेको बताउछन।
स्वास्थ्य मन्त्रालयले पठाएको नाम र बस्तीबाट सङ्क्रमित व्यक्ति भनेर लगिएको व्यक्तिको नाम फरक परेको स्थानीयवासीको दाबी छ । सुरक्षा निकायका अनुसार सङ्क्रमित भनिएका व्यक्तिको नामको बीचको शब्द फरक परेर नाम आउँदा राति अबेरसम्म सङ्क्रमित पहिचान गर्न गाह्रो भएको हो । प्रहरीले बस्ती सिल गरेसँगै आजै बस्तीमा सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिको पहिचान गर्ने र परीक्षण गर्ने तयारी गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए ।
लकडाउनले नछोएको यो बस्तीमा दिनभर मानिस हिँड्ने, बजार खोल्न कुनै रोकतोक कसैले गरेको थिएन । फलस्वरुप सङ्क्रमित भनिएका व्यक्ति आफ्नो समाज र बस्तीमा सहजरूपमा हुलमिल भएको पाइएकाले अरुको ट्रसिङ र परीक्षण गर्न कठिनाइ भएको सुरक्षाकर्मीको भनाइ छ ।
बलम्बुको आइसोलेसनमा रहेका सङ्क्रमित भनिएको व्यक्तिले आफूले राति १० बजे यसबारे थाहा पाए पनि राति १ः३० बजे मात्रै एम्बुलेन्स लिन आएको जानकारी दिए । यसअघि चाँगुनारायण दुवाकोट बस्ने एक २७ वर्षीय पुरुष सशस्त्र प्रहरी र सुनसरीबाट मध्यपुरथिमि शङ्खधर चोकमा साथीको कोठामा बसेकी २५ वर्षीया महिलामा सङ्क्रमणको पुष्टि भएको थियो । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा
बैशाख १३, २०८१ बिहिबार
नेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार