इन्जिन निर्माता रोल्स–रोयसबाट ९ हजार कर्मचारी कटौती
नेपालबहस संवाददाता
जेठ ७, २०७७ बुधबार २१:२:४१
७ जेठ, एजेन्सी । बेलायतको हवाई जहाजका लागि इन्जिन निर्माता कम्पनी रोल्स–रोयसले कोरोना भाइरसका कारण आर्थिक संकट देखिएको भन्दै आफ्नो कम्पनीमा आबद्ध कम्तीमा ९ हजार कर्मचारीलाई विदाई गर्ने जनाएको छ ।
कम्पनीको प्रमुख कार्यकारी वारेन इस्टले वर्तमान संकट आफूहरुका कारण सिर्जना नभएको जनाउँदै यस संकटलाई सबैले मिलेर सामना गर्नुको विकल्प नरहेको बताए। उनले जारी गरेको वक्तव्यमा विश्वभर छरिएर रहेका कम्पनीमा कार्यरत २५ प्रतिशत कर्मचारी हटाउनै पर्ने स्थितिमा आफूहरु पुगेको स्पष्ट गरेका छन्। इन्टले भनेका छन्, “हाम्रा हवाई ग्राहकहरु पनि यस्तै समस्यासँग जुधिरहेका छन् र हामीले पनि त्यही पदचिह्नमा हिँड्नुको विकल्प छैन ।”
रोल्स रोयल्समा हाल विश्वभर करिब ५२ हजार कर्मचारी छन् । कर्मचारी कटौतीबाट कम्पनीको वार्षिक बचत १ अर्ब ६० करोड डलरभन्दा बढी हुनेछ । कम्पनीका कर्मचारीको व्यवस्थापन र अन्य कार्यका लागि करिब ८० करोड पाउन्ड खर्च हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु
चैत १६, २०८० शुक्रबार
एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय
चैत १६, २०८० शुक्रबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
लिलाम हुन नसकेका सवारीसाधन
चैत १६, २०८० शुक्रबार
के मेकअप रिमूभर प्रयोग गर्नु अनुहारको लागि राम्रो हो ?
चैत १६, २०८० शुक्रबार
चार दिनदेखि हराइरहेका बालकको शव नारायणी नदीमा फेला
चैत १६, २०८० शुक्रबार
सरकार महिला सशक्तीकरणको पक्षमा छः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु
चैत १६, २०८० शुक्रबार