क्वारेन्टिन रेखदेखको जिम्मेवारी नेपाली सेनालाई
नेपालबहस संवाददाता
जेठ ७, २०७७ बुधबार २२:३५:७
७ जेठ, जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय एकीकृत क्वारेन्टिनको रेखदेखको जिम्मेवारी नेपाली सेनालाई दिएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले क्वारेन्टिन रेखदेखको जिम्मेवारी नेपाली सेनालाई दिएको हो । यसअघि स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टिनमा सुरक्षा अभावले नागरिक बस्न नमान्ने र बसेका पनि १४ दिन अभावै घर जाने गरेकाले जिल्लामै एकीकृत क्वारेन्टिन निर्माण गरी त्यसको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताए। बाहिरबाट आएपछि अनिवार्य रुपमा जिल्लास्तरीय एकीकृत क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था मिलाएको छ । देशभित्र र भारतबाट आएका १४ जना एकीकृत क्वारेन्टिनमा थपिएका छन् ।
भारतको पिथौँरागढदेखि बाजुरा जिल्ला हुँदै मुगु भएर कनकासुन्दरी गाउँपालिकामा आएका ६ जनालाई एकीकृत क्वारेन्टिनमा राखिएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए । उनले भने, “त्यस्तै तिलाका तीनजना र सिञ्जाका पाँचजनालाई पनि एम्बुलेन्समा ल्याएर क्वारेन्टिनमा राखिएको हो ।”
यसअघि भारतको रुपैडिहा नाकाबाट आएका २९ जनालाई क्वारेन्टिनमा राखिएको छ । रुपैडिहा नाकाबाट उद्धार गरी ल्याएका २९ जना नागरिकलाई कर्णाली प्राविधिक शिक्षालय जुम्लाको एकीकृत क्वारेन्टिनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए । उनका अनुसार भारतबाट सरकारको निगरानीमा आएकामध्ये हिमा गाउँपालिकाका २५, कनकासुन्दरीका एक, तिलाकाका एक, हुम्लाका एक र मुगुका एक गरी २९ जनालाई क्वारेन्टिनमा राखिएको छ ।
लकडाउन अवधिभर जिल्लामा ११ हजार २११ जना भित्रिएका छन् । जिल्ला भित्रिएका नागरिकमध्ये ३५ जना क्वारेन्टिनमा रहेका छन् भने एक हजार २२४ जना १४ दिनपछि घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । एक हजार ५५४ को पीसीआर र २६३ जनाको आरडिटी परीक्षण रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
बैशाख ३, २०८१ सोमबार
सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार