भारतको मुम्बईबाट आएका हुन् सुस्ताका कोरोना सङ्क्रमित
नेपालबहस संवाददाता
जेठ ७, २०७७ बिहिबार ०:२१:५५
७ जेठ, परासी । नवलपरासी ‘बर्दघाट–सुस्ता पश्चिम’ जिल्लामा आज कोरोना सङ्क्रमण पुष्टि भएका २७ वर्षीय पुरुष गत वैशाख ३० गते भारतको मुम्बईबाट आएको खुलेको छ । सुस्ता गाउँपालिका–५ बेल्वानी गाउँका ती युवकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
भारतबाट सुस्ता हुँदै नारायणी नदीबाट डुङ्गा तरेर ती युवक गाउँ आएको स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले बताए । उनी घर पुगेपछि गाउँलेले क्वारेन्टिन पु¥याएको बताइएको छ । उनी सुस्ताको बेल्वानी क्वारेन्टिनमा बसेका छन् । उनीसँगै आएको डुङ्गामा दुई सुरक्षाकर्मीसहित सात जना आएको खुलेको छ ।
उनलाई भाइले मोटरसाइकलमा बसालेर क्वारेन्टिन पु¥याएकोले उनको पीसीआर परीक्षण गरिएको र नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्यकर्मीको टोलीले उनको टे«सिङ्ग गरिरहेको स्वास्थ्य कार्यालय प्रमुख ढकालले बताए । यही जेठ ३ गते स्वाब सङ्कलन गरी पठाइएकामा ती युवकमा कोरोना सङ्क्रमण पुष्टि भए पनि लक्षण नदेखिएको र स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ ।
सुस्ता गाउँपालिकाबाट पछिल्लो पटक ५५ जनाको स्वाब सङ्कलन गरी पठाइएकामा अन्यको नतिजा नेगेटिभ आएको छ । टे«सिङ्गको काम सकिएपछि उनलाई भैरहवास्थित भीम अस्पताल पठाउने तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यससँगै पश्चिम नवलपरासीमा कोरोना सङ्क्रमित दुई पुगेका छन् । यसअघि प्रतापपुर गाउँपालिका–५ का एक युवकमा सङ्क्रमण पुष्टि भएको थियो । उनको भीम अस्पतालमा उपचार भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
नगर अस्पतालमा अब चौबीसै घण्टा डाक्टर सेवा उपलब्ध
चैत २७, २०८० मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार