क्वारेन्टाइनलाई तत्काल आर्थिक उपलब्ध गराउन राप्रपाका अध्यक्ष राणाको आग्रह
नेपालबहस संवाददाता
जेठ ७, २०७७ बिहिबार ०:५१:१७
७ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले सीमावर्ती जिल्लामा क्वारेन्टाइनको खर्च धान्न स्थानीय स्रोत अपुग भएकोले केन्द्रीय र प्रान्तीय सरकारले तत्काल आर्थिक सहयोग गर्नु पर्ने बताएका छन् ।
नेपाल फर्कनेहरूको चाप अधिक रहेका क्षेत्रमा गाउँपालिका र नगरपालिकाले मात्र सम्पूर्ण दायित्व पूरा गर्न संभव छैन । त्यसकारण कोभिड–१९ को बढ्दो जोखिम ध्यानमा लिएर, आवश्यकताअनुरूप स्थानीय सरकारलाई आर्थिक स्रोत उपलब्ध गराउनु पर्ने अध्यक्ष राणाको भनाइ छ ।
‘बाँके, रुपन्देही, कपिलबस्तु जस्ता सीमाक्षेत्रमा आगन्तुकको चाप पूर्वानुमानभन्दा धेरै छ । गाउँपालिका, नगरपालिकाको खर्च क्वारेन्टाइन धान्न अपर्याप्त छ,’ राणाले बुधबार भने । ‘केन्द्रीय तथा प्रान्तीय सरकारले कोष दुरूपयोग नहुने निश्चित गरेर तत्काल आर्थिक सहयोग गर्नु पर्दछ । जोखिम बढ्दो छ, विलम्ब नगरौं ।’
उनले ट्वीट गर्दै भने, ‘सरकारले क्वारेन्टाइनको मापदण्ड, सुविधा त तोक्यो तर आवश्यक खर्च व्यवस्था गरेन । व्यवस्थापन, आर्थिक दायित्व सबै स्थानीय तहमा राखियो ।’
विकसित घटनाक्रमप्रति सरकारको ध्यानाकर्षण गर्दै राणाले भने, ‘भारतबाट स्वदेश फर्कनेको संख्या थोरै हुँदासम्म स्थानीय स्रोतसाधनले धानेकै छ । चाप अचाक्ली बढेका क्षेत्रमा स्थिति गाउँपालिका, नगरपालिकाका क्षमताभन्दा बाहिर गएको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
एकीकृत समाजवादीको महाधिवेशन सर्यो
बैशाख ५, २०८१ बुधबार
लगानी सम्मेलन लक्षित अध्यादेशबारे राष्ट्रपतिसँग प्रधानमन्त्रीको छलफल
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार