कोरोनासँग कांग्रेसले कसरी लड्ने ?
नेपालबहस संवाददाता
जेठ ८, २०७७ बिहिबार १८:४६:३२
♦ यज्ञप्रसाद भट्टराई
विश्व मानचित्रमा कहिले काँहि आउने विध्वँसकारी प्रलयहरुले केही भौगोलिक परिवर्तनहरु गराए जस्तै मानव जगतमा आउने केही यस्ता महामारीहरुले मानव समाजलाई समेत तहसनहस बनाउने गरेको इतिहासहरु साक्षी छन् । विश्वमा यसअघि पनि यस्ता विनाशकारी महामारीहरु कति आए, कसरी आए, कसरी त्यस्ता महामारीहरुको मानव जातिले सामना गरे होलान भन्ने कुराहरु अहिले हामीले भोगिरहेको महामारीको अवस्थाबाट सजिलै अनुमान लगाउन सकिन्छ ।
अहिले विश्वमा कोरोना नाम गरेको कोभिड १९ ले फेरी एकपटक मानव विनाशको फँडा फुलाउँदै सिंगो विश्वलाई नै तसाईरहेको छ । सिंगो मानव समाज अहिले आक्रान्त बनेको छ । विज्ञानको चरम उत्कर्षले समेत यसको भरपर्दो औषधि पत्ता लगाउन सकिरहेको छैन । आम जनमानसमा भोलि के हुने हो ? भनेर मानिसमा कौतुहलता बढेको छ । तत्कालका लागि यो महामारीलाई घरसम्म आउन नदिऔं भनेर मानव समाज कैदी झैं बनेर घरभित्रै बसेको छ । तर सधैं घरभित्रै बसेर रोगसँग लडन सक्ने शक्ति र सामथ्र्य पनि आम नेपाली नागरिकमा छैन । लकडाउनको विकल्प खोज्दै आम नागरिकको स्वास्थ्य परीक्षण गराउन सक्नु आजको नितान्त आवश्यकता हो ।
नेपालमा समेत कोरोना महामारीको संक्रमण बढेसँगै उपचार गराउन अस्पतालहरुका साथै स्वास्थ्यकर्मीहरुको समेत अभाव बिस्तारै खड्किने निश्चित छ । अहिले कै अवस्था रहिरहने हो भने पनि आवश्यक स्वास्थ्य सामाग्रीहरुको अभाव अझै बढेर जाने देखिन्छ । कोरोना संक्रमितहरुको संख्या बढदै जाँदा देशमा अहिले विद्यमान स्वास्थ्य संस्थाको अलावा अझै धेरै उपचार केन्द्रहरु थप गर्नुपर्ने देखिन्छ ।
नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष दलको भूमिका संघीय संसद, प्रदेश तथा स्थानीय तहमा सक्रियताका साथ निर्वाह गरिरहेको छ । सरकारका गलत कामका खबरदारी र जनताका चासो, गुनासो र समस्याहरुमा दर्बिलो आवाजहरु उठाईरहेको छ । यो एउटा राजनीतिक पाटोको रुपमा रहेको कुरालाई सबैले साथ र समर्थन दिइरहेकै छन् । अहिलेको बिषम परिस्थितिमा सधैं सरकारको बिरोध मात्रै गरेर देशमा आईपरेको महामारीबाट छुटकारा पाउन सकिदैन भन्ने कुरालाई समेत नेपाली कांग्रेसले मनन गरिरहेकै छ । जनताको दुःखमा साथ दिएर पनि आप्mना राजनीतिक गतिविधिहरु सञ्चालन गर्न सकिन्छ भन्ने कुराको ज्ञात नेपाली कांग्रेसभित्र रहदै आएको छ । हिजोको भुकम्पको महामारीमा सिंगो नेपाली कांग्रेस, उसका भातृसंस्था तथा शुभचिन्तकहरुले देखाएको उदारता र मानवीय सहयोगमा अहोरात्र खटिएका ज्वलन्त उदाहरणहरु पनि आम नेपाली नागरिक सामु छर्लङ्गै छन् ।
स्थानीय तहमा रहेका नेपाली कांग्रेसका तमाम नेता तथा कार्यकर्ताहरुको अहिले एउटै आवाज उठन थालेको छ । त्यो के हो भने अब नेपाली कांग्रेसले जिल्ला जिल्लामा स्वास्थ्य संस्थाहरु निर्माण गर्न सहयोग गरेर तमाम नेपालीहरुको मन जित्ने सुवर्ण अवसर अहिले आएको छ । नेपाली कांग्रेसमा आबद्ध रहेर आर्थिक अवस्थाले केही गर्नसक्ने क्षमता राख्ने नेतृत्व वर्ग या सो भन्दा तलको आर्थिक रुपले सक्षम वर्गले पनि अब हातमा हात समातेर तमाम नेपालीको स्वास्थ्य परिक्षणमा सहयोगी भुमिका निभाओस् भन्ने आम कार्यकर्ताहरुको भावना रहेको बुझिन्छ ।
नेपाली कांग्रेसका प्रबुद्ध बौद्धिक समूहहरुबाट आएका यी सुझावहरुलाई पार्टी पंक्तिले आत्मसात गर्दै जिल्लास्तरमा स्वास्थ्य संस्थाहरु खोलेर आर्थिक अभावका कारण रोगको संक्रमण फैलने डरले छटपटाई रहेका तमाम नेपाली नागरिकहरुको अब स्वास्थ्य परीक्षण गराउन ढिलाई गर्नु हुदैन । माथि उल्लेख गरेझै आर्थिक अभावका कारण स्वास्थ्य परिक्षण गराउन नपाएर मानसिक चिन्ताले छटपटाई रहेका नेपालीहरुलाई अति नै न्यून शुल्कमा चेकजाँच गराउन सके अहिले सरकारले फैलाएको प्रतिव्यक्ति १५ हजारको आर्थिक त्रासबाट नागरिकहरुले मुक्ति पाउने थिए । यसले आम नागरिकमा कांग्रेस प्रतिको चाख र विश्वास बढेर जाने देखिन्छ भने सरकारलाई पनि स्वास्थ्य क्षेत्रमा राहत महशुस हुने देखिन्छ ।
जिल्ला जिल्लामा रहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले एक आपसमा मिलेर तत्काल केही आर्थिक रकम संकलन गरेर घर भाडामा लिएर भए पनि यो कार्यलाई जति सक्दो चाँडो कार्यान्वयनमा ल्याउन सके अहिले आम नागरिकमा रहेको एक प्रकारको कोरोना रोगको संक्रमणमा परिएला कि भन्ने चिन्ता र दुविधा कम हुने देखिन्छ ।
सिंगो नेपाली कांग्रेस पार्टी केवल सत्ता र स्वार्थका लागि मात्र नभई जनताको अभाव र अप्ठ्याराको साथी पनि हो भन्ने सन्देशसहित स्वास्थ्य सामाग्री र स्वास्थ्यकर्मीहरु लिएर गाँउ गाँउमा जान सके बिगतमा बिटुलिएको र जनता बीचमा धमिलिएको कांग्रेसको जनताप्रतिको सम्बन्धमा समेत सुधार आउन सक्ने अनुमान गरिएको छ । यसले मानसिक रुपमा बिक्षिप्त बनिरहेका तमाम नेपालीलाई केही हदसम्म भए पनि राहत मिल्ने थियो कि ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
पोखरामा एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुँदै
बैशाख १३, २०८१ बिहिबार
प्रिमियम लिगका दुइ खेलाडीमाथि बलात्कारको आरोप
बैशाख १३, २०८१ बिहिबार
अमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार