यसरी भरिदैछ सरकारी रबैयाप्रति सामाजिक सञ्जाल
कुसुम सेञ्चुरी
जेठ ८, २०७७ शुक्रबार २:३९:१२
८ जेठ, काठमाडौं । कोरोना कहरले थला पारिसक्दा पनि वर्तमान सरकार तमासे बनेको भन्दै सरोकारवालाहरुले सामाजिक सञ्जाल रंगाउने क्रम बढेको छ । तीनजनाको मृत्यु भइसक्दासमेत केपी ओली नेतृत्वको सरकार व्यवस्थापनमा चुकेको भन्दै सामाजिक सञ्जालमा चर्को आक्रोश पोखिएको छ ।
चार महिना अगाडि नै पहिलो केस फेला परिसक्दा देखिनै सरकारले आवश्यक तयारी नगर्दा समस्या विकराल बनेको धेरैको आरोप छ । चीनको बुहानबाट गत डिसेम्बरमा देखापरेको कोरोना भाइरस विस्तारै युरोप र अमेरिकामा कोहराम मच्चाउन पुग्यो । यो अवधिमा नेपालले धेरै तयारी गर्न सक्थ्यो, तर कमिशनको खेलमा लाग्दा स्वास्थ्य सामग्री नै ल्याइएन, ओली सरकारको यो पाटो उधिनेर अब आन्दोलनको आँधीबेहरी ल्याइनुपर्छ– चर्चित हाँस्य कलाकार शिवशंकर रिजाल “जोगेन्दर पानवाला” ट्वीटरमा लेख्छन् ।
यस्तै, नेपाल राष्ट्र बैंकका उपनिर्देशक दीपेन्द्र पोखरेल आफ्नो फेसबुक वालमा लेख्छन्–रोगबाट कोही मर्न दिन्नौं भन्ने महानवाणी आएको दिनदेखि नेपालमा कोरोनाले मृत्यु शुरु भयो । मृत्युपछि शब व्यवस्थापन झन चुनौतीपूर्ण देखियो । पहिलो मृत्युको भक्तपुरका साहसी युवाले सदगत गरे भने नेपालगञ्जमा अत्यन्तै कारुणिक तरिकाले व्यवस्थापनसम्म भयो । यस्तो गर्नै नपरे हुन्थ्यो भन्ने कामना त गरौं, तर भवितव्य आइलागे के गर्ने भन्ने बारेमा समेत सरकारी तयारी गर्नुपर्ने देखियो ।
यस्तै पोखराका पत्रकार बिशाल बरालले क्वीन्स पोखरा नामबाट गरिएको पोष्टमा भनिएको छ– सरकार अब देशमा राजनीतिक व्यवसाय (नेता) बाहेक अरु सबै व्यापार धरासायी बनाएर, साम्यवाद ल्याउन खेजेको हो , अब सबैको लिलाम सरकारले नै सकार्ने गरोस् । अर्काे पोष्ट पनि त्यतिकै मार्मिक छ । व्यवसायी जयराम श्रेष्ठ फेसबुकको वालमा लेख्छन्– सरकारसँग अनगिन्ती एम्बुलेन्स शवबाहन छन् । तर पनि कोरोना संक्रमितको लास बोक्न मानेन रे । अब बुझौं कस्तो रहेछ सरकारी व्यवस्थापन । छर्लङ्ग भएन र ?
लेखक तथा पत्रकार युवराज आचार्य फेसबुकमा लेख्छन्–भ्यान्टिलेटरमा राखिनुपर्ने बिरामीलाई क्वारेण्टाइनमा पठाएर ऊ म¥यो भने सामान्य मृत्यु ठहर्दैन है, प्रश्न उठाउने ठाउँ नदिउँ । कोरोना पोजिटिभ एउटा केस मात्र होइन, मर्ने एउटा मान्छे पनि हो । सञ्जिता बाँस्कोटाको नामबाट फेसबुक पेजमा लेखिएको छ– म यस्तो देशमा जन्मिएर गर्व गर्दैछु, जहाँ मृत्युपछि रोगको परीक्षण हुन्छ । पत्रकार रमेश वाग्ले लेख्छन् –अस्पतालमा उपचार हुँदै गर्दा मृत्यु हुनु एउटा कुरा, उपचार अभावमा क्वारेण्टाइनमै मृत्यु हुनु त भएन नि सरकार, त्यसो भए त मर्नैका लागि क्वारेण्टाइन किन चाहियो ?
बीमा अभिकर्ता सीता पोखरेलको चासो पनि गज्जबको छ । उनी फेसबुक पेजको वालमा पोष्ट गर्दै भन्छिन्– १५ दिन लकडाउन बढाउनु त ठीकै छ , तर … १५ दिनमा १,५०,००० टेस्ट गराउने लक्ष्य खोई ? १५ दिनमा आवश्यक स्वास्थ्य सामग्री उपलव्ध गराउने प्रतिबद्धता खोई ? खान नपाएका सबैलाई गाँस पु¥याउने दायित्ववोध खोई ? भारतबाट भित्रने मान्छे अनि सामान कोरोनारहित बनाउने ध्यानाकर्षण खोई ?
अर्का चर्चित पत्रकार एकराज पाठक पनि फेसबुक पेजमा टिप्पणी गर्दै लेख्छन्– लकडाउन अझै १५ दिन थपियो । अब त गिअपमयधल का दिन नजिकिंदै हुन् कि भन्ने डर पो बढ्यो । उता, सनराइज बैंकका बैंकर रबीन्द्र ढकाल आफ्नो फेसबुक पेजमा लेख्छन्– लकडाउन मात्र समस्याको समाधान नहोला । दीर्घकालिन पूर्वाधार तयार सम्भव नभएको अवस्थामा अल्पकालिन आवश्यक पूर्वाधार तयार गरी रोगसँग लड्दै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको सावधानी अपनाएर अर्थतन्त्रलाई चलायमान बनाउने नै उपयुक्त उपाय हो की ? पत्रकार सोमनाथ बाँस्तोला पनि आफ्ना भावना यसरी राख्छन् फेसबुक पेजमा – क्षमताबिहीनले देश चलाएपछिको बिडम्बना हो यो । गफ हान्ने मात्र, गर्न चाहिं नजान्ने भएपछि यस्तै हो सर । छिमेकको नीति कपीपेष्ट ग¥यो बस्यो । अनि फेरि गफ दियो : वि सं २०९९ सम्म नेपाल सम्पन्न राष्ट्र बनाउँछौं भनेर । कति हाँस्नु ।
यसै सन्दर्भमा डा. प्रकाश ज्ञवालीको पोष्ट यस्तो छ– नेपालमा माफियाहरु जरो किलो गाडेर बसेका छन् । वरिष्ठ पत्रकार पदम न्यौपाने फेसबुकमै आफ्ना धारणा राख्दै लेख्छन्– यसै त कमी भएको पीसीआर टेस्ट किट, अब हुने खाने र पहुँचवालाको टेष्ट गर्न उपयोग हुने होला । भूकम्पको समयमा पनि यस्तै भएको थियो । सरकार, पीसीआर टेष्ट बढाउ, क्वारेण्टाइन र आइसोलेसनको संख्या र उपचार बढाऊ । बुझ्न वा जान्न र गर्न सकिंदैन भने विकल्प देउ । लकडाउन मात्र साध्य होइन ।
पूर्व सचिव एवं सामाजिक अभियन्ता भीम उपाध्याय आफ्नो फेसबुक पेजमा लेख्छन्– कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले मलेसिया, दुबई, साउदी अरब र कतारबाट दैनिक ६ हजारको संख्यामा नेपाली फर्काउन सिफारिश गरेको छ । भारतबाट दैनिक तीन हजारको संख्यामा नेपालीलाई उद्धार गर्नुपर्ने सिफारिश गरेको छ ।यस्तै वरिष्ठ पत्रकार हरि लम्साल लेख्छन्– आफूलाई कुन रोग लाग्यो भन्ने थाहा नपाइकन ज्यान गुमाउन पर्ने हामी नेपालीको नियती को की बाध्यता ? सरकार जवाफ चाहियो । सबिता धिमाल फेसबुकमा लेख्छिन्– धुलिखेल हस्पिटलमा एकजनाको मृत्यु हुने वित्तिकै हस्पिटल शिल, टिचिङमा भेटियो टिचिङ शिल , यस्तै गरी हस्पिटल शिल गर्दै जाने हो भने अबका केही दिनमा नेपालका प्राय सबै हस्पिटल शिल हुन्छन् । त्यसपछिको अवस्था के होला ? हस्पिटल शिल गर्नेकी परीक्षणलाई प्रभावकारी बनाउने ?
चर्चित पूर्व प्रशासक भीम उपाध्याय अर्काे स्टाटसमा लेख्छन्– मन्त्री १००, सांसद् ८०० , स्थानीय जनप्रतिनिधि ३६००० , एक लाख सेना, २ लाख शिक्षक गरी.. देशमा जनताले करिब ६ लाख राष्ट्रसेवक पालिरहेको छ । नागरिक भने क्वारेण्टाइनमा कोरोनाको उपचार नपाएर मरिरहेको छ । मरेपछि परीक्षण हुन्छ, जिउँदोमा परीक्षण गर्ने स्रोत र साधन सरकारसँग उपलव्ध छैन ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
आस र डर त्रासमा कांग्रेस, के हो देउवा र रविको भित्री कुरा ?
केदार भट्टराई (काका)
चैत १२, २०८० सोमबार
टेरामक्स रोक्ने मुख्यसचिवको दौड, किन हच्किए राई ?
नेपालबहस संवाददाता
चैत १२, २०८० सोमबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
ठूलो दुर्घटनाबाट जोगियो श्री एयरको जहाज, ७७ यात्रु सुरक्षित
चैत १५, २०८० बिहिबार
के तपाईलाई थाहा छ, शेर र शेरनीमा को बढी खतरनाक हुन्छ ?
चैत १५, २०८० बिहिबार
हुम्लामा आयो २३ सय ४० क्विन्टल पोषणयुक्त चामल
चैत १५, २०८० बिहिबार
गरिमा विकास बैंकको सीईओमा माधव आचार्य नियुक्त, चार वर्षे कार्यकाल
चैत १५, २०८० बिहिबार