नायिका मनिषा कोइरालाको पक्षमा नेपालका चर्चीत कलाकारहरू उभिए
Advertisement

८ जेठ, काठमाडौं । नेपालका चर्चीत कलाकारहरू नायिका मनिषा कोइरालाको पक्षमा उभिएका छन् । नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेकको नक्सा जारी गरेपछि नायिका कोइरालाले सो निर्णयको समर्थन गरेकी थिइन् ।

सोही विषयलाई लिएर भारतीय मिडिया कोइरालाविरूद्द खनिँदा नेपालका कलाकार भने मनिषाको पक्षमा उभिएका हुन् । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यसहित कलाकार दिपाश्री निरौला र जितु नेपालले मनिषाको समर्थन गरेका छन् । रेडियो काठमाडौं ९२.१ मेघाहर्जमा यु.पी लामिछानेसँगको संवादमा कोइरालाको पक्षमा धारणा राखे ।

कलाकार मदनकृष्ण श्रेष्ठले आफु भूगोलको विद्यार्थी भएको भन्दै कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालकै भएको यथेष्ठ प्रमाण रहेको बताए । आध्यात्मिकमा विश्वास गर्ने नरेन्द्र मोदी प्रधानमन्त्री रहेकाबेला नाकाबन्दी गरेको स्मरण गरे । उनले भारतीय मिडियामा बौद्दिकता नभएको भन्दै नायिका कोइरालाले सत्यको पक्षमा बोलेको बताए ।

Advertisement

अर्का वरिष्ठ कलाकार हरिवंश आचार्यले भारतको मिडिया गाली गर्न र कराउनका लागि संसारकै उदाहरण भएको बताए । ञञमनिषा कोइरालाले देशको पक्षमा जे बोल्नुभएको छ । उहाँलाई धन्यवाद दिनुपर्छ । उहाँले मोह र डर त्यागेर जुन साहस गर्नुभयो । सबै नेपालीले धन्यवाद उहाँलाई धन्यवाद दिनुपर्छझझ, उनले भने ।

त्यस्तै, अभिनेत्री दिपाश्री निरौलाले नायिका कोइरालाले बोलेर राम्रो काम गरेको भन्दै उनले सराहनीय भएको बताइन् । उनले कांग्रेस नेता डा. मिनेन्द्र रिजालले पनि राष्ट्रवादी अडान राखेको भन्दै उनले प्रशंसा गरिन् । अर्का कलाकार जितु नेपालले भारतीय मिडिया देख्दा दया लागेर आएको बताए । नायिका कोइरालको पक्षमा आफुहरू रहेको पनि उनले बताए ।

Advertisement
अघिल्लो लेखनेपालमा कोरोना संक्रमित ४ सय ५७ पुगे
अर्को लेखदार्चुलाको घाँटीबगरमा सेना तैनाथ
नेपालबहस संवाददाता

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्