दार्चुलाको घाँटीबगरमा सेना तैनाथ
नेपालबहस संवाददाता
जेठ ८, २०७७ शुक्रबार ४:५५:४
८ जेठ, काठमाडौं । नेपाली सेनाले दार्चुलाको घाँटीबगर इलाका नजिक एक सेक्सन प्लस फौज तैनाथ गरेको छ । महाकाली करिडोर ‘दार्चुला तिङ्कर सडक योजना’ अन्तर्गत उत्तरीतर्फ रहेको ८७ किमी सडकखण्ड सेनामार्फत निर्माण गराउने सरकारले निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को गत वैशाख १४ को निर्णयअनुसार, सो सडक खण्डअन्तर्गत व्यास गाउँपालिका वडा नं २ स्थित घाँटीबगर इलाकामा करिब दुई मिटर चौडाइको ४५० मिटर गोरेटो र घोडेटो बाटो निर्माणका लागि आज त्यहाँ सुरक्षा फौज तैनाथ सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ हो ।
बाटो निर्माण कार्यका लागि दक्ष प्रावधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीका लागि नफ्रिको फौज, उपकरण एवं अन्य सामग्रीसहितको टोली भने आज त्यहाँ गएको छ । चीन र भारतको सीमानाकासमेत पर्ने दार्चुलाको व्यास गापा– १ मा पर्ने छाङरु र तिङ्कर गाउँका करिब १८२ घरपरिवारको करिब १२०० जना स्थानीयलाई सदरमुकाम खलङ्गा आवतजावतमा बाटो नभएका कारण अप्ठ्यारो हुँदै आएको छ ।
स्थानीय मौरी भिरमा ठूलो चट्टान र घाँटीबगरमा पहिरोसमेत गएकाले आवतजावत गर्न समस्या उत्पन्न भएको थियो । स्थानीय बासिन्दाले हालसम्म भारततर्फ रहेको बाटो प्रयोग गर्दै आएका थिए ।
घाँटीबगर र मौरी भिर इलाकामा पर्ने ४५० मिटर सडकखण्ड अविलम्ब सञ्चालन गर्न जिल्ला सुरक्षा समितिबाट निर्णय भएको थियो । सडकखण्ड सञ्चालन भएपश्चात् स्थानीय बासिन्दा नेपालकै भूमि प्रयोग गरी आवतजावत गर्न सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार