कोरोना सङ्क्रमित दुई घर फिर्ता, बस्तीका १३ को स्वाब सङ्कलन
नेपालबहस संवाददाता
जेठ ९, २०७७ शुक्रबार १५:२६:३२
९ जेठ, भक्तपुर । भक्तपुरमा पहिलोपटक स्थानीयवासीमा कोरोना भाइरस सङ्क्रमित भेटिएपछि भक्तपुर नगरपालिकाले पीसीआर परीक्षण शुरु गरेको छ । सङ्क्रमित व्यक्ति बस्ने भेलुखेलमा भक्तपुर नगरपालिकाका केही सफाइ कर्मचारी पनि बस्ने भएकाले उच्च सतर्कता अपनाइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने कर्मचारीको पहिलो चरणमा कोरोना परीक्षणका लागि स्वाब सङ्कलन शुरु गरेको छ ।
आरडिटीमा त्रुटि देखिएपछि नगरपालिकाले त्यसलाई रोकेर पिसिआर परीक्षण शुुरु गरेको जनाएको छ । पहिलो चरणमा जनप्रतिनिधि, सफाइ कर्मचारी र स्वास्थ्य कर्मचारीको परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । नगरपालिकामा जनप्रतिनिधि ४६, स्वास्थ्य कर्मचारी ४४ र सफाइ कर्मचारी १६० कार्यरत रहेको नगरपालिकाले जनाएको छ ।
त्यसैगरी सङ्क्रमणलाई समुदायमा फैलिन नदिन सङ्क्रमित बसोबास गर्ने क्षेत्रका ३५ घरलाई प्रहरीले बन्द गर्दै उनीहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेका परिवारसहित १३ जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए । भक्तपुर ५ बस्ने ४२ वर्षीय काठमाडौँ महानगरपालिकाका सवारी चालकलाई कोरोना सङ्क्रमण भएपछि परीक्षण शुरु गरिएको हो ।
त्यसैगरी भक्तपुरमा कोरोना सङ्क्रमित पुष्टि भएका २७ वर्षीय पुरुष र २५ वर्षीया युवती बिहीबार डिस्चार्ज भएका छन् । गत वैशाख ३१ गते चाँगुनारायण नगरपालिका–१ दुवाकोटका पुरुष र सुनसरीबाट मध्यपुरथिमि– ४ शङ्खधर चोक नर्स साथीका कोठामा बस्ने २५ वर्षीया युवतीमा कोरोना पुष्टि भएपछि उनीहरुलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा टेकु अस्पतालमा राखेर उपचार गरिएको थियो । दुवै कोरोना भाइरसमुक्त भएपछि बिहीबार डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार