जोखिम बढ्दै गएपछि काभ्रेका अधिकांश क्वारेन्टिन रित्तिए
नेपालबहस संवाददाता
जेठ ९, २०७७ शुक्रबार १७:५१:४७
९ जेठ, काभ्रेपलाञ्चोक । विश्वभर कोरोना भाइरसको जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकमा गत चैतदेखि व्यवस्थित गरिएका अधिकांश क्वारेन्टिन हाल रित्तो अवस्थामा छन् । चार स्थानमा रहेका क्वारेन्टिनमा हाल १२ जनाको उपचार हुँदै थप परीक्षणको तयारी भइरहेको जनाइएको छ ।
धुलिखेल अस्पतालमा चार जनाको आइसोलेशनमा उपचार भइरहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टले जनाएको छ । हालसम्म जिल्लास्थित स्थानीय तहलगायत विभिन्न स्थानका क्वारेन्टिनमा ३४२ श्यया ‘बेड’व्यवस्थित गरिएको हो । धुलिखेल नगरपालिकामा ६५, बनेपामा ५०, पनौतीमा १०, नमोबुद्धमा १८, पाँचखालमा ११ श्यया तथा रोशी गाउँपालिकामा १०, महाभारतमा ३५, मण्डनदेउपुर नगरपालिकामा १५, चौँरीदेउराली गाउँपालिकामा १५, भुम्लुमा ३०, बेथानचोकमा १०, तेमालमा छ र खानीखोलामा १५ तथा धुलिखेल अस्पतालमा कार्यरत कर्मचारी प्रयोजनका लागि ५२ श्ययाको क्वारेन्टिन व्यवस्थित गरिएको छ । सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकका १३ स्थानीय तहले एकएक क्वारेन्टिन व्यवस्थित गरेका छन् ।
धुलिखेल अस्पतालमा आठ, बनेपास्थित शिर मेमोरियल अस्पतालमा पाँच र बनेपास्थित नेपाल रेडक्रस सोसाइटीमा पाँच श्ययाको आइसोलेसन वार्ड छन् । पोष्टका सदस्य एवं स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले पाँचखाल नगरस्थित क्वारेन्टिनमा दुई, बनेपास्थित शिर मेमोरियल अस्पतालमा एक, चौँरीदेउराली गाउँपालिकामा सात र नमोबुद्ध नगरस्थित क्वारेन्टिनमा दुईको उपचार भइरहेको जानकारी दिए। अन्य केही क्वारेन्टिनमा बसेकाहरुको दोस्रो परीक्षण तथा क्वारेन्टिन बसाइको समयावधि सकिएपछि घर फर्किएका हुन् ।
झाका अनुसार प्रारम्भिक परीक्षण आरडीटीमा पोजेटिभ देखिएकालाई क्वारेन्टिनमा राखेर उपचार गरी पीसीआर परीक्षण गर्ने गरिएको छ । हालसम्म आरडीटी गरी पोजेटिभ देखिएकामा पिसीआर गर्दा सबैको नेगेटिभ रिपोर्ट आएको पोष्टले जनाएको छ । पोष्टका अनुसार हालसम्म विदेशबाट काभ्रेपलाञ्चोक घर फर्किएकासमेत गरी एक हजार ३३५ जनाको आरडीटी भइसकेको छ भने १७२ को पीसीआर प्रविधिबाट कोरोना भाइरस परीक्षण भएको छ । “कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका सबैको परीक्षणका लागि अझै यसको दायरा बढाउँदैछौँ”, झाले भने । उनका अनुसार खानीखोला गाउँपालिकाबाहेक अन्य १२ स्थानीय तहमा कोरोना भाइरसको प्रारम्भिक परीक्षण भइरहेको छ ।
जिल्लाका नागरिकमा सङ्क्रमण तथा प्रारम्भिक परीक्षणमा कोरोना सङ्क्रमण देखिए पनि दोस्रो परीक्षणमा नदेखिँदै क्वारेन्टिनबाट घर फर्कनु राम्रो अवस्था रहेको जिल्ला सङ्कट व्यवस्थापन केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनले भने “क्वारेन्टिन रित्तिएकै राम्रो तर जोखिम बढ्ने सम्भावना देखिए क्वारेन्टिन व्यवस्थित गर्न पनि निकै चुनौतीपूर्ण हुनेछ ।”
उनका अनुसार गत हप्ता कोरोना भाइरसका कारण धुलिखेल अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि काभ्रेपलाञ्चोकमा परीक्षणको दायरा फराकिलो बनाइएको तथा जिल्लामा स्वास्थ्य सुरक्षामा उच्च सतर्कता अपनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार