करेन्ट लागेर दुई महिलासहित तीन जनाको मृत्यु
नेपालबहस संवाददाता
जेठ ९, २०७७ शुक्रबार २०:१:५४
◊ धीरुभाइ
९ जेठ, सप्तरी । पछिल्लो तीन दिन यता विभिन्न स्थानका दुई महिलासहित तीन जनाको करेन्ट लागेर मृत्यु भएको छ ।
सप्तरीको बोदे बरसाईन नगरपालिका ९ सिम्रहामा बिहीबार करेन्ट लागेर एक महिलाको मृत्यु भएको हाे ।
घरमा मोबाइल चार्ज गर्ने क्रममा विद्युत् तार सर्ट भई करेन्ट लागेर रविन्द्रप्रसाद सदाको ४० वर्षिया श्रीमति मिरकुनदेवी सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
करेन्ट लागेर गम्भीर घाइते भएकी सदाको उपचारको लागि बोदे बरसाईन बजारस्थित जिवनदिप अस्पताल ल्याउने बित्तिकै अस्पतालले मृत घोषणा गरेको बताइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ । यसअघि यसै साता दुई जनाको करेन्ट लागेर मृत्यु भएको छ ।
गत मंगलबार डाक्नेश्वरी नगरपालिका १० बस्ने ३५ वर्षीय रन्जितकुमार साह र गत बुधबार खडक नगरपालिका ३ बस्ने २२ वर्षीया बबिता कुमारी मण्डलको करेन्ट लागेर मृत्यु भएको थियो । साहलाई घरमा पानी तान्ने मोटर जडान गर्ने क्रममा र बबितालाई खेतमा घाँस काटिरहेकीको बेला करेन्ट लागेर मृत्यु भएको बताइएको ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
चितवनका भित्री सडकमा दुर्घटना बढी
बैशाख ६, २०८१ बिहिबार
दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका युवाको शव भेटियो
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार