कर्णालीमा थप १२ जनामा कोरोनाको पुष्टि
Advertisement

९ जेठ, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ । बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ५ सय १६ पुगेको हो ।

बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै सप्तरीको बलान बिहुल गाउँपालिकामा ३५ वर्षीय पुरुष, भक्तपुरको भक्तपुर नगरपालिका ९ मा ४२ वर्षीया महिला र मकवानपुरको हेटौंडा उपमहानगरपालिका ३ मा ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । यसमध्ये ७० जना उपचारपछि घर फर्किएका छन भने तीन जनाको ज्यान गइसकेको छ ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्