हिरासतमा रहेका युवकमा कोरोनाकाे पुष्टि, जिप्रका शिल !
Advertisement

९ जेठ, बैतडी । फ्रन्टलाइनमा काम गर्ने सुरक्षाकर्मी नै धमाधम क्वारेन्टाइनमा पर्न थालेका छन् । यसैसाता कालीमाटी प्रहरी वृत्तका डेढसय प्रहरी कर्मचारीहरु क्वारेन्टाइनमा परेको समाचारको मसी सुक्न नपाउदै आज बैतडीमा जिल्ला प्रहरी कार्यालय नै शिल हुन पुगेको छ ।

समाचार अनुसार जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एकजनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । गत वैशाख १५ गतेदेखि प्रहरी हिरासतमा रहेका शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकमा पीसीआर पोजेटिभ देखिएकाे हो । थ्रोट स्बाब सङ्कलन गरी सेती प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए । गत चैत ६ गते भारतको दिल्लीबाट आएका ती युवक कर्तव्य ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका थिए ।

शिवनाथ–४ की १९ वर्षीया किशोरी गीता महरको मृत्यु प्रकरणमा पक्राउ परेका युवामा कोरोना पुष्टि भएको हो । उक्त प्रकरणमा उनकी बहिनी पनि हिरासतमा रहे पनि रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट आएकाे हुनाले ती युवकको यसअघि दुई पटक आरडीटी गरिएकाेमा नेगेटिभ आएको थियो तर पीसीआर परीक्षण गर्दा पोजेटिभ आएको हो । ती युवकलाई जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय  नै शिल

कर्तव्य ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका युवकमा कोरोना सङ्क्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय नै शिल गरिएको छ । सङ्क्रमितलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ भने कन्ट्याक्ट ट्रेसिङको कामसमेत शुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । “थुनुवा सम्पर्कमा रहेका प्रहरीको कोरोना परीक्षण गर्छौं”, उनले भने, “कन्ट्याक्ट ट्रेसिङको काम थालिसकेको धेरै जोखिम भएका र कम भएका छुट्टाएर परीक्षण थाल्छौँ ।”

Advertisement
अघिल्लो लेखमृतक शिक्षकका गाउँलेको कोरोना रिपोर्ट नेगेटिभ
अर्को लेखओलीको राष्ट्रवादले नेकपा भयाे सुनसान
नेपालबहस संवाददाता

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्