ओलीको राष्ट्रवादले नेकपा भयाे सुनसान
नेपालबहस संवाददाता
जेठ ९, २०७७ शनिबार ०:३६:३५
♠ यज्ञप्रसाद भट्टराई
९ जेठ, काठमाडौं । हिजो मात्रै हामीेले राष्ट्रियताका सवालमा भारतसँग लड्दा मुलुकले लामो समयसम्म भारतीय पक्षको एकपक्षिय नाकाबन्दीको सामना गर्नु परेको थियो । हिजो पनि राष्ट्रियताको पक्षमा आम जनमानसले कुनै दल या वादको पक्ष नलिई सिंगो सरकारको पक्षमा र मुलुकको स्वाभिमानको पक्षमा साथ दिएका थिए । त्यस बेला देशको प्रधानमन्त्रीको रुपमा के.पी. शर्मा ओली विराजमान थिए ।
ओलीले सरकार प्रमूखको नाताले राष्ट्रियताको पक्षमा लिएको अडान सही थियो । त्यस बेला पनि उनको एउटै भनाई थियो देश सानो या ठूलो भौगोलिक आकार र सीमानाले या धेरै या थोरै जनसंख्याले मात्रै महत्व राख्दैन । देशको राष्ट्रियता भनेको त्यो देशका जनताको त्यस देश प्रतिको देश प्रेम र समर्पण हो । जसलाई क्षणिकको स्वार्थ र ब्यक्तिगत फाईदाको लागि कसैले पनि दाउमा राख्नु हुदैन । यहि कुराका आधारमा ओली त्यसबेला पनि राष्ट्रवादी नेता कहलिएका थिए ।
राष्ट्रियताका बिषयमा नेपालीहरुमा देखिएको अभूतपुर्व एकताका सामु भारतिय दादागिरी धेरै दिनसम्म टिक्न सकेन । मधेशवादी दलमार्फत उठाईएका संबिधान संशोधनका मागमा सिंगो नेपाल र नेपाली स्वाभिमान त्यो बेला पनि भारतिय विस्तारवादको लालिपपमा बिकेन । बरु आधा पेट खाने तर भारतिय दवदवामा नपर्ने अठोटका साथ सिंगो नेपाली नागरिकले तत्कालिन ओली सरकारलाई साथ दिए । सरकारले पनि राष्ट्रियताका पक्षमा दर्बिलो खुट्टा टेक्यो । भारतले पनि नेपालीहरुको अभुतपूर्व शाहस र एकता देख्यो ।
देश टुत्र्याएर आफ्नो स्वार्थ पुरा गर्ने मधेशवादी दलको दिवा स्वप्न समेतले कुनै उपलब्धि हाँसिल गर्न सकेन । भारतियहरुको आड र भरोसामा गरिएका बिभिन्न खाले आन्दोलनहरु समेत त्यसै तुहिएर गए । देशको राष्ट्रिय एकता र बिखण्डनका बिरुद्धमा सम्पूर्ण नेपाली भिष्म पितामह झै अडिग रहे । देशले देखाएको राष्ट्रियता प्रतिको अगाध समर्पणले विश्वमा रहेका नेपालीहरुको शिर ठाडो भयो । जसले गर्दा त्यसबेला सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीके.पी.शर्मा ओलीलाई राष्ट्रवादी नेताको रुपमा चिनायो ।
अहिले फेरि एकपटक यो देशमा भारतियहरुको पञ्जाले छोप्ने, नेपाली सीमाना मिच्ने, ठूलो हुँ भन्ने भावनाले भौगोलिक आकारमा सानो मानिएको देश नेपाललाई थिच्ने र जताततैबाट चिथोर्ने, लुछ्ने, नेपाली भुभागमासमेत छिरेर आफ्ना दादागिरीहरु प्रस्तुत गर्ने काम हुन लागेको छ । दुई ठूला छिमेकीका साथमा मिलेर बसेको देशलाई एकातर्फबाट लगातारको प्रहार र एकलौटी दादागिरीपनले नेपालीहरुको धैर्यताको सीमा नाघ्न लागेको छ ।
आफ्नै सरकार ढालेर, आफ्नै दलको नेतालाई गलहत्याउन रातारात बैठक, भेला, चुम्लु∙ गर्न भ्याउन सक्ने, बिरामी प्रधानमन्त्रीलाई पटक–पटक पार्टीको बैठक बोलाउन लगाउन सक्ने, आफ्नै दलको पूर्ण बहुमतको एकलौटी सरकार परिवर्तनका लागि सहयोग माग्न सधैं विदेशी दुताबास धाउन सक्ने नेकपा भित्रकै एउटा शक्तिशाली मानिएको, भावी दिनमा सरकारको नेतृत्व नै गर्ला कि भनि ठानिएको, उनिहरुकै दल भित्रैबाट आउने कुरा सुन्दा भारतबाटै पालिएको प्रचण्ड समूहबाट प्रधानमन्त्रीओलीलाई साथ, समर्थन त के सामान्य टेकोसमेत नलगाएको देख्दा यिनिहरु राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता, देशको भौगोलिक सीमानाका बिषयमा भन्दा कुर्सीका लागि मात्रै राजनितिमा होमिएको त हैनन् ?
केही समय अघि मात्रै भारतले एकलौटी रुपमा नेपाली भूभागसमेत समेटेर बनाएको आफ्नो देशको भौगालिक नक्सा सार्वजनिक भए सँगै नेपालीहरुमा भारत प्रतिको एक प्रकारको रोष र भावनात्मक पीडा प्रस्तुत भएको थियो । जसलाई नेपालीहरुले आफ्नो देशको स्वाभिमानमा ठेस पुगेको निष्कर्ष निकालेका थिए । तर अहिले आएर नेपाली भूमिमा नेपालको कुनै अनुमति नलिई एकलौटी रुपमा निर्माण गरिएका भौतिक पुर्वाधारहरुले भने नेपाल प्रति भारतको स्पष्ट दृष्टिकोण बाहिर ल्याईदिएको छ ।
वर्तमान राजनितिक अवस्थाले एकाएक कोल्टे फेरे पछि हिजोका तिक्तता र दोषरोपणहरु एकातिर मिल्क्याएर सम्पुर्ण नेपालीहरु एकाएक राष्ट्रप्रेमको भावनामा तरंगित हुन पुगे । हिजो ओलीलाई तथानाम गाली गर्नेहरु पनि आजको ओलीको शाहसलाई सलाम गर्न पुगे ।
राष्ट्रियताको आन्दोलनमा सारा नेपालीले साथ दिई रहेको अवस्थामा आफ्नै दल भित्रका आफ्नै समकक्षी नेताहरु नेकपाका अर्का अध्यक्ष क.पुष्पकमल दाहाल प्रचण्ड, यो मुलुकको प्रधानमन्त्रीसमेत भैसकेका क.माधव कुमार नेपाल, क. झलनाथ खनाल, नेकपाका उपाध्यक्ष बामदेव गौतम, भिम रावल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुबाट प्रधानमन्त्रीको शाहस र देशको गौरवको रुपमा आएको वर्तमान भौगोलिक सीमानासहितको नक्साका बिषयमा कुनै आधिकारकि धारणा प्रस्तुत नहुनुमा उनीहरु पनि कहिँ कतै भारतिय विस्तारवादका हिमायति त हैनन् ? भनेर प्रश्न उठ्नु अस्वभाविक पनि होईन ।
आफ्नै सरकार ढालेर, आफ्नै दलको नेतालाई गलहत्याउन रातारात बैठक, भेला, चुम्लु∙ गर्न भ्याउन सक्ने, बिरामी प्रधानमन्त्रीलाई पटक–पटक पार्टीको बैठक बोलाउन लगाउन सक्ने, आफ्नै दलको पूर्ण बहुमतको एकलौटी सरकार परिवर्तनका लागि सहयोग माग्न सधैं विदेशी दुताबास धाउन सक्ने नेकपा भित्रकै एउटा शक्तिशाली मानिएको, भावी दिनमा सरकारको नेतृत्व नै गर्ला कि भनि ठानिएको, उनिहरुकै दल भित्रैबाट आउने कुरा सुन्दा भारतबाटै पालिएको प्रचण्ड समूहबाट प्रधानमन्त्रीओलीलाई साथ, समर्थन त के सामान्य टेकोसमेत नलगाएको देख्दा यिनिहरु राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता, देशको भौगोलिक सीमानाका बिषयमा भन्दा कुर्सीका लागि मात्रै राजनितिमा होमिएको त हैनन् ? भन्ने जिज्ञासा बजारमा आउन शुरु भएको छ ।
नेपालले आफ्नो देशको सम्पूर्ण सीमाना समेटेर सार्वजनिक गरेको भौगोलिक नक्साले अहिले सिंगो भारतलाई हल्लाई दिएको छ । नेपाल सधैं मेरै ईसारमा मात्र चल्छ या चल्नु पर्छ भन्ने भन्ने भारतको एकलौटी हेपाहा प्रबृत्तिलाई वर्तमान नेपाल सरकारले पूर्ण विराम लगाई दिएको छ । विचारमा कोही कांग्रेस त कोही नेकपा होलान, कोही रा.प्र.पा. त कोही समाजवादी फोरम होलान, जातमा कोही ब्राम्हण, क्षेत्री त कोही आदिबासी जनजाति, मधेसी र दलित होलान, भौगोलिक अवस्थितिले कोही हिमाली कोही पहाडि र कोही मधेस तराईका होलान, आर्थिक हैसियतले कोही धनी त कोही गरीव होलान, बसोबासको हिसावले कोही देशमा त कोही परदेशमा(बिदेशमा) होलान । यसले सिंगो मुलुकको राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता, देशको भौगोलिक सीमानाका बिषयमा आउने सानो भन्दा सानो आँचमा पनि सम्पूर्ण नेपालीहरु एकै ठाउँमा उभिन्छन्, एक भएर प्रतिकार गर्छन्, एक भएर लडछन्, र एक भएर मर्छन् भन्ने दर्बिलो उदाहरण प्रस्तुत गरेको छ ।
आफ्नै दलको सिंगो नेतृत्वले पछाडिबाट निरन्तर रुपमा छुरा प्रहार गरिरहँदा पनि राष्ट्रको गौरव र राष्ट्रियताका बिषयमा साथै देशको सीमानाको भौगोलिक नक्सा निर्माणका एक्लो बृहस्पति झै भएर पनि देशको लागि खेलेको अभूतपूर्व कामको मुल्यांकन आज मात्र हैन भोलिका सन्तान दरसन्तानलेसमेत गौरवका साथ पढनेछन् ।
अझ भनौं शारिरीक रुपले संसदमा उभिनसमेत धौ धौ परेर बस्ने कुर्सीको ब्यवस्था गर्नु परेको अवस्थामा देश प्रेमका पक्षमा र राष्ट्रियताको पक्षमा शतिशाल झैं र आप्mनै अभिभावक बुढो भक्ती थापा झैं अडिग भएर टेकेको दर्बिलो र अडिग कदमलाई युगौंयुगसम्म नेपाली जनताले संझिरहने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास
बैशाख ८, २०८१ शनिबार
पुष्पाः२ ले फिल्म रिलिज अघि नै १००० करोड कमाउने
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक
बैशाख ८, २०८१ शनिबार