सामाजिक दूरी कायम राखी दैनिक योगाभ्यास
नेपालबहस संवाददाता
जेठ १०, २०७७ शनिबार १६:३४:९
१० जेठ, वालिङ । वालिङ नगरपालिकाको क्वारेन्टिनमा बस्नेलाई दैनिक योगाभ्यास सिकाउन थालिएको छ । देशका विभिन्न स्थानमा निर्माण भएका अधिकांश क्वारेन्टिन अव्यवस्थित रहेको र क्वारेन्टिनबाट भाग्ने गरेका समाचार आइरहँदा वालिङ नपाले क्वारेन्टिन बसाइलाई सहज बनाउन दैनिक डेढ घण्टा बिहानमा योगाभ्यास गराउन थालेको हो ।
वालिङ नपाको अनुरोधमा पतञ्जलि योग समिति वालिङका प्रशिक्षकले सामाजिक दूरी कायम राखी क्वारेन्टिनको प्राङ्गणमा रहेको वालिङ खेलमैदानमा योगाभ्यास गराउन थालेको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए । “नेपालका विभिन्न जिल्ला तथा भारतबाट आएका वालिङका बासिन्दालाई मानसिकरूपमा पीडा हुन नदिइ शान्त, शारीरिकरूपमा स्वस्थ र आध्यात्मिकरूपमा चेतनायुक्त बनाउन योगाभ्यासको थालनी गरेका हौँ”, नगरप्रमुख खाँणले भने, “योगका माध्यमबाट क्वारेन्टिनमा बस्ने व्यक्तिले आफूलाई निरोगी, स्वस्थ तुल्याउन सक्ने र कोठाभित्र मात्रै बसिरहँदा नकारात्मक भावना जागृत हुनसक्ने भएकाले खेलमैदानमा सामूहिकरूपमा सामाजिक दूरी कायम राखेर योगाभ्यास गराइएको हो ।”
शारीरिक तथा मानसिक समस्या न्यूनीकरणका लागि नपाले थालेको यो अभियान प्रभावकारी बन्दै जानेमा विश्वस्त रहेको नगरप्रमुख खाँणले बताउनुभयो । योगाभ्यासलाई निरन्तरता दिइन बताइएको छ ।
बिहानको समयमा योगाभ्यास गर्नाले स्वास्थ्यका दृष्टिले तथा शारीरिक र मानसिकरुपमा पनि सकारात्मक ऊर्जा मिल्ने भएकाले यो विधि महत्वपूर्ण हुने दाबी पतञ्जलि योग समिति गण्डकी प्रदेश महिला प्रभारी मैयादेवी लम्सालले बताए । डेढघण्टाको अवधिमा योगका विभिन्न आशन तथा चरणका बारेमा प्रत्यक्षरूपमा अभ्यास गराउनाले क्वारेन्टिनमा बस्नेहरुमा सकारात्मक भाव देखिएको प्रशिक्षक पतञ्जलि योग समिति गण्डकी प्रदेश सदस्य वासुदेव अधिकारीले बताए । बिहानको समयमा खुला मैदानमा योग प्रशिक्षकबाट योग सिक्दा मानसिक तनाव, शारीरिक पीडा हराउँदै गएको अनुभव सहभागीको थियो ।
वालिङ नपाले स्थापना गरेको क्वारेन्टिनमा शुक्रबारसम्म १२ जना छन् । उनीहरु धेरैजसो भारतका विभिन्न स्थानबाट आएका हुन् । क्वारेन्टिनमा बसेका सबैको बिहीबार साँझ क्वारेन्टिनमै स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइएको र नतिजा आउन बाँकी रहेको वालिङ नपाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
कम्बोडियालाई पराजित गर्दै युएई सेमिफाइनलमा
बैशाख ५, २०८१ बुधबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार
चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
बैशाख ६, २०८१ बिहिबार
सहसचिव अधिकारी, शर्मा र खरेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
बैशाख ६, २०८१ बिहिबार
लुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद, सात जनाले आज लिए शपथ
बैशाख ६, २०८१ बिहिबार
शरतसिंह भण्डारी मन्त्री हुँदा गरेका तीन विवादस्पद निर्णय श्रममन्त्री अर्यालद्वारा खारेज
बैशाख ६, २०८१ बिहिबार
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त
बैशाख ६, २०८१ बिहिबार