अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा चर्चहरु पुनः खोल्न निर्देशन
नेपालबहस संवाददाता
जेठ १०, २०७७ शनिबार २०:५५:४१
१० जेठ, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्द रहेका चर्चहरु पुनः खुल्ला गर्न निर्देशन दिएका छन् । यस सम्वन्धी अन्य आदेशहरु समेत खारेज हुने र यही आदेशलाई मान्न स्पष्ट पार्दै उनले चर्च तथा प्रार्थनास्थलहरु खुल्ला गर्न निर्देशन दिए ।
चर्चहरुलाई उनले अत्यावश्यक कार्यालय अन्तर्गत मानिने उल्लेख पनि गरेका छन् । यो आदेश देशभरीका सवै स्थानीय सरकारहरुलाई कार्यान्वयन गराउन पनि उनले सूचित गरे ।“सरकारले अत्यावश्यक परेका कामहरुलाई रोकतोक गरेको छैन, ठिक समयमा ठिक ठाउँमा ठिक काम गर्न सरकारले स्विकृति दिन्छ, पुजापाठ सम्वन्धी काम पनि अत्यावश्यक काम अन्तर्गत पर्दछन््, त्यसैले चर्चहरु खोल्न दिनुपर्दछ,” पत्रकार सम्मेलनमा ट्रम्पले भने ।
राष्ट्रपति ट्रम्पले जवरजस्त मुलुकलाई खुल्ला गर्न खोजेको टिप्पणी धेरैले गरेका छन् । उनले लकडाउन लगाउनका लागि अमेरिका बनेको हैन भन्दै लकडाउन लगाउन अस्विकार गर्दै आएका छन् । तैपनि आफै बन्द भएका वा स्थानीय प्रशासनले बन्द गराएका व्यापार, व्यवसाय, कार्यालय आदी विस्तारै खोल्ने तर्फ उनले प्रेरित गर्दै आएका छन् ।
कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि झण्डै दुई महिनादेखि सुस्ताएको आर्थिक गतिविधिहरुलाई पुनः सूचारु गर्नु पर्नेमा ट्रम्को जोड रहेको छ । उनले लामो समयसम्म बन्द गर्दा सवै तिरको आर्थिक पक्षमा समेत नराम्रोसँग असर पर्ने भएकाले बन्द गरेर मात्रै बस्न नहुने उनको भनाई छ ।
राष्ट्रपति ट्रम्पको निर्देशनपछि उनको निर्देशनलाई पछ्याउदै देशको रोग नियन्त्रण तथा न्युनिकरण केन्द्रले नयाँ निर्देशिका पनि जारी गरेको छ । निर्देशिकामा न्युन संख्यामा उपस्थित हुनु पर्ने, सामाजिक दुरी कायम गर्नु पर्ने, उच्च स्वास्थ्य सतर्कता अपनाउनु पर्ने, मास्क, सेनिटाइजर, पञ्जा आदीको प्रयोग गर्नु पर्ने लगायतका सर्तहरु पनि उल्लेख गरिएको छ ।
स्वास्थ्य अधिकारीहरुले सामन्यतया सार्वजनिक स्थलहरुमा दश जनाभन्दा बढी मानिसको भिडभाग हुन नदिन पनि सुझाव दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने
बैशाख ७, २०८१ शुक्रबार
पाकिस्तानलाई विश्व बैंकले भन्यो, कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउनु
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार