भारतमा सङ्क्रमितको संख्या एक लाख २५ हजार नाघ्यो
नेपालबहस संवाददाता
जेठ ११, २०७७ आइतबार १८:५०:४१
११ जेठ, एजेन्सी । भारतमा कोरोना भाइरसका कारण शनिबार एकैदिन अहिलेसम्मकै दोस्रो धेरै सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा छ हजार ६५४ जना नयाँ सङ्क्रमित पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या एक लाख २५ हजारभन्दा बढी भएको छ ।
त्यसैगरी भारतमा कोरोनाका कारण अहिलेसम्म तीन हजार ७२० जनाको मृत्यु भएको छ । तीमध्ये १३७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । केन्द्रीय स्वास्थ्य तथा परिवारकल्याण मन्त्रालयले देशभर अहिले पनि सङ्क्रमित अवस्थामा रहेकाहरुको संख्या ६९ हजार ५९७ रहेको जनाएको छ । मन्त्रालयका अनुसार अरु ५१ हजार ७८३ जना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् ।
मन्त्रालयका अधिकारीहरुले कुल सङ्क्रमित मध्ये ४१.३९ प्रतिशत निको भएको जानकारी दिएका छन् । देशभरी पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु भएका १३७ जना मध्ये सबैभन्दा धेरै महाराष्ट्रका ६३ जनाको मृत्यु भएको छ ।
त्यसैगरी गुजरातमा २९ जना, दिल्ली र उत्तरप्रदेशमा १४, १४ जना, पश्चिम बंगालमा छ जना, तमिलनाडुमा चार जना, राजस्थान, मध्य प्रदेश र आन्ध्र प्रदेशमा दुई दुई जनाको मृत्यु भएको छ भने हरियाणामा एक जनाको मृत्यु भएको छ ।देशभरी कोरोनाका कारण मृत्यु भएका कुल तीन हजार ७२० जनामध्ये सबैभन्दा धेरै महाराष्ट्रमा एक हजार ५१७ जना रहेका छन् ।
त्यसैगरी गुजरातमा ८०२, मध्य प्रदेशमा २७२, पश्चिम बंगालमा २६५ जना र दिल्ली प्रदेशमा २०८ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । त्यसैगरी राजस्थानमा १५३ जना, उत्तर प्रदेशमा १५२ जना, तमिलनाडुमा ९८ जना र आन्ध्र प्रदेशमा ५५ जना भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार