क्वारेन्टाइन बसाईलाई सहज बनाउन योगाभ्यास
नेपालबहस संवाददाता
जेठ ११, २०७७ आइतबार १९:२५:१८
♦ प्रकाश डोटेल
११ जेठ, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले क्वारेन्टाइनमा बस्नेहरुलाई दैनिक योगाभ्यास गराउन थालेको छ । देशका विभिन्न स्थानमा निर्माण भएका क्वारेन्टाइन अब्यवस्थित भईरहेको र क्वारेन्टाइनबाट भाग्ने गरेका समाचार आईरहँदा वालिङ नगरपालिकाले भने क्वारेन्टाइन बसाईलाई सहज बनाउनका लागि बिहान दैनिक डेढ घण्टा योगाभ्यास गराउन थालेको हो ।
वालिङ नगरपालिकाको अनुरोधमा पतञ्जलि योग समिति वालिङका प्रशिक्षकहरुले सामाजिक दूरी कायम राखी क्वारेन्टाइनको प्राङ्गणमा रहेको खेलमैदानमा योग अभ्यास गराउन थालेको नगरपालिकाले जनाएको छ । नेपालका विभिन्न जिल्ला तथा भारतबाट आएका वालिङका बासिन्दालाई मानसिकरुपमा पीडा हुन नदिन शान्त, शारीरिक स्वास्थ्य कायम राख्न र आध्यात्मिक चेतनायुक्त बनाउनका लागि योगाभ्यास गराउने कार्यको थालनी गरिएको नगर प्रमुख दीलिपप्रताप खाँणले बताए ।
योगका माध्यमबाट क्वारेन्टाइनमा बस्ने ब्यक्तिले आँफूलाई निरोगी, स्वस्थ तुल्याउन सक्ने र कोठाभित्र मात्रै बसिरहँदा नकारात्मक भावनाहरु जागृत हुन सक्ने भएकाले खेलमैदानमा सामूहिक रुपमा सामाजिक दूरी कायम राखेर योगाभ्यास गरार्ईएको खाँणले बताए ।
देश तथा विदेशबाट मानसिक पीडा खेप्दै यहाँ आएका ब्यक्तिहरुलाई स्वाब परीक्षण गरेर गाउँमा पठाउँदा सामाजिक ब्यवहारमा परिवर्तन देखिन सक्ने भएकाले ‘साईको सोसियो’ समस्यालाई केही हदसम्म भएपनि सहन सक्ने क्षमता बृद्धि गर्नका लागि योगाभ्यास तथा आवश्यक मनोसामाजिक परामर्श दिईएको नगर प्रमुख खाँणले बताए । “शारीरिक तथा मानसिक समस्याहरु न्यूनिकरण गर्नका लागि नगरपालिकाले थालेको यो अभियान प्रभावकारी बन्दै जानेमा विश्वस्त छौं” नगर प्रमुख खाँणले भने, “क्वारेन्टाइनमा एउटा टोली जाने र अर्को टोली आईरहने भएकाले पनि योगाभ्यासलाई निरन्तरता दिईने छ ।”
बिहानको समयमा योगाभ्यास गर्नाले स्वास्थ्यका दृष्टिले तथा शारीरिक र मानसिक रुपमा पनि सकारात्मक उर्जा मिल्ने भएकाले यो विधि महत्वपूर्ण हुने दाबी पतञ्जलि योग समिति गण्डकी प्रदेश महिला प्रभारी मैँयादेवी लम्सालले गरिन् । उनका अनुसार गत मंगलबारबाट योगाभ्यास गराउन शुरु गरिएको हो ।
निरन्तरको योगाभ्यासले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै रोगको निदानमा समेत सहयोगी भूमिका खेल्नेमा सहभागिले विश्वास जनाए । बिहानको समयमा खुल्ला मैदानमा योग प्रशिक्षकबाट योग सिक्दा मानसिक तनाव र शारीरिक पीडाहरु हराउँदै गएको अनुभव सहभागीहरुको थियो ।
वालिङ नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा १२ जना छन् । उनीहरु ऋधिकांश भारतका विभिन्न शहरबाट आएका छन् । क्वारेन्टाइनमा बसेकाहरु सबैको बिहीबार साँझ क्वारेन्टाइनमै स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाईएको र नतिजा आउन बाँकी रहेको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेर्दाहेर्दैमा राखियो गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्धको रिट
बैशाख १०, २०८१ सोमबार
मकै छर्न नपाएर म्याग्दीका किसान चिन्तित
बैशाख १०, २०८१ सोमबार
बागलुङका गाउँमा स्वास्थ्य बीमा पुग्यो, तर सेवा अझै पुग्न सकेन
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार