नेपालमा कसरी हुन सक्छ कृषि क्रान्ति ?
नेपालबहस संवाददाता
जेठ ११, २०७७ आइतबार २१:२९:५२
♦ दिनेशकुमार कोइराला
नेपालमा कृषि क्रान्ति लामो समयदेखि सुनिएको तर कहिल्यै नदेखिएको विषय हो । व्यवसायिक कृषिका केही कथाहरु हामीमाझ सार्वजनिक त हुन्छन तर अर्थतन्त्रमा जोडेर हेर्दा कृषि बढ्दोभन्दा घट्दो लयमा नै अगाडि बढेको देखिन्छ । कृषिका सन्दर्भमा ‘…गरिने छ’ भन्ने नीतिहरु हजारौंको संख्यामा सार्वजनिक भैसके, तथापि कृषिमा न त आकर्षण थपिएको देखिन्छ न त कृषिको अपेक्षित यान्त्रीकरण तथा व्यवसायिकरण नै हुनसकेको छ । के नेपालमा कृषि क्रान्ति हुनै सक्दैन त वा कसरी सम्भव छ त ? यो आलेखले यही विषयको फेरो समात्ने छ ।
कृषि क्रान्तिको आधार भनेको जमिन र जोश हो । अन्य कुरा यथावत रहेमा कृषि क्रान्तिले न्यूनतम पनि खेतीयोग्य जमिन र परिश्रमी युवाको माग गर्दछ । हामीसँग जमिन र जोश दुवै कुरा छ तर ती कुराको परिचालनमा समस्या छ । भुमि व्यवस्थापनमा देखिएको समस्या र कृषिमा युवा परिचालन हाम्रो निम्ति गम्भिर प्रकृतिको समस्याको रुपमा स्थापित भएको देखिन्छ ।
देशको कूल भू–भागमध्ये कृषि क्षेत्रले करिब २७ प्रतिशत भू–भाग ओगटेको छ । हाल भू–उपयोगको ढाँचामा तीव्र परिवर्तन भइरहेको छ । जग्गाको अव्यवस्थित प्लटिङ्ग र जथाभावी रुपमा हुने गरेको भौतिक संरचनाको निर्माणका कारण खेतीयोग्य जमिन घट्दै गएको छ । अर्कोतर्फ, भुमिको वितरण असमान रहेको छ । विशेष गरी कृषिको पकेट क्षेत्र मानिएको तराई मधेशमा वास्तविक कृषकसँग पर्याप्त जमिन नै छैन । भुमिमाथिको अधिकार, प्रयोग र पहुँच जस्ता कुरामा नीतिगत व्यवस्थाहरु भए तापनि त्यसको कार्यान्वयनमा देखिएको चुनौतीको कारण कृषि क्रान्ति हुन सकेको छैन ।
कृषि अन्य कामको भन्दा बढी शारीरिक परिश्रम आवश्यक पर्ने काम हो । युवा शक्तिको जोशिलो परिश्रमले मात्रै कृषि क्रान्ति सम्भव हुन सक्दछ । अर्कोतर्फ परिवर्तनलाई आत्मसाथ गर्ने, जोखिम वहन गर्ने, प्रविधिको प्रयोग गर्ने सन्दर्भमा पनि युवा जनशक्तिको संलग्नता अपरिहार्य हुन्छ । तर कृषिमा देखिएको न्यून प्रतिफल तथा असामान्य जोखिमहरुका कारण कृषिमा युवाको संलग्नता दिन प्रतिदिन घट्दो छ । यसरी कृषि क्रान्तिको आधारभुत पक्षहरुमा नै समस्या देखिएको कारण हामीले कृषिमा युगान्तकारी परिवर्तनको महशुश गर्न पाएका छैनौं । अन्य थुप्रै समस्याहरुको समाधानमा भन्दा यी आधारभुत समस्याहरुलाई प्राथमिकताका साथ सुल्झाउनु पर्ने देखिन्छ ।
कसरी गर्ने कृषि क्रान्ति ?
प्रभावकारी भु–उपयोग नीतिः हामीले कृषिमा साच्चिकै क्रान्ति गर्ने हो भने जमिनको उपयोग सम्बन्धी नीतिमा आवश्यक सुधार गर्नु पर्दछ । जमिन बाँझो हुन नदिन आवश्यक रणनीतिहरु अबलम्वन गर्नुपर्दछ । व्यक्तिको जग्गालाई चक्लाबन्दी गरी बृहत कृषि कार्य गर्ने अवस्था नरहन सक्दछ तसर्थ अब सामुदायिक तथा सरकारी जग्गाको ब्यवसायिक उपयोगको नीति बनाउन आवश्यक छ ।
कृषि बीमाको व्यापक प्रयोगः कृषि बीमामा सरकारले अनुदान दिन थालेको पनि ६ वर्ष नाघिसकेको छ तर पनि यसलाई ब्यापक बनाउन सकिएको छैन । ७५ प्रतिशत बीमा शुल्क सरकारले वहन गरी दिदाँ पनि कृषि बीमा अपेक्षित रुपमा अगाडि बढ्न नसक्नुको कारणहरु मध्ये मुख्यकारण भनेको कृषकलाई त्यस सम्वन्धी पर्याप्त ज्ञान नहुनु नै हो । तसर्थ बीमा सम्वन्धी ज्ञान अभिवृद्धिमा बीमा समिति, कृषि ज्ञान केन्द्र जस्ता सरकारी निकायहरुको साथ साथै बीमा कम्पनीहरु पनि लाग्नु पर्ने अवस्था छ ।
अर्कोतर्फ, कृषि बीमा अन्तर्गतको बाली बीमालाई बीमा व्यवसायीले खासै चासोका साथ अगाडि बढाएको देखिँदैन । पशु तथा बाली बीमा दुबैको विस्तार नगरी समग्रमा कृषि बीमा र कृषि क्रान्ति सफल हुन सक्दैन । त्यसैगरी, बाली बीमालाई लागतमा आधारित नभई उत्पादनमा आधारित बनाएर अगाडि लान सकेको अवस्थामा मात्रै क्षति भएको अवस्थामा कृषकले उत्पादन परिमाणमा भएको क्षतिको आधारमा क्षतिपूर्ति प्राप्त गर्नसक्ने र त्यसप्रतिको आकर्षण बढ्न गई कृषि क्रान्ति सफल हुने आधार स्प्रष्ट देखिन्छ ।
कृषकको सामाजिक सुरक्षा तथा कृषक पेन्सनकाे ब्यवस्थाः कृषिलाई मुख्य ब्यवसाय बनाई कार्यरत सबैलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा ल्याई स्वास्थ्य उपचार, दुर्घटना, असक्तता जस्ता सुविधाहरुको प्रत्याभुति दिन सक्नु पर्दछ । साथै, निश्चित अवधिसम्म कृषि पेशामा आवद्ध ब्यक्तिलाई कृषक पेन्सनकाे ब्यवस्था गर्नु पर्दछ । यस्ता सुविधा योजनाहरुमा कृषकको आकर्षण बढाउन कृषकले गरेको योगदानमा राज्यले अनुदान समेत थप गरि दिनु पर्दछ ।
सहुलियतपूर्ण कर्जाः कृषि परियोजना सञ्चालनमा अनुदान दिँदा अनुदानको दुरुपयोग हुने केही अध्ययनहरुले समेत देखाएको हुँदा कृषि उपकरणको खरिदमा अनुदान तर समग्र कृषि परियोजनाको सञ्चालनमा भने सरल सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्नुपर्दछ । कृषि कर्जालाई अनिवार्य तथा व्यवस्थित बनाउनु पर्दछ । व्यवसायिक कृषकले मात्र नभई साना किसानहरुले समेत कर्जा पाउने वातावरणको सृजना गर्नु पर्दछ ।
बजारीकरण तथा बजार हस्तक्षेपः कृषि क्रान्तिमा देखिएको अर्को तगारो भनेको व्यवस्थित बजारको अभाव हुनु पनि हो ।कृषि बजारमा बिचौलियाको बिगबिगी रहेको अवस्था छ । नापतौलमा एकरुपता छैन । कृषि उत्पादनको ग्रेडिङ र प्याकेजिङलाई खासै महत्व दिइएको छैन । सामुदायिक तथा ठुलो स्केलको कृषि प्रणालीको विकाश गरी यस्ता कुरामा ध्यान दिनु पर्दछ, जसले कृषि वस्तुको मुल्यमा भ्यालुएड भई कृषकहरु लाभान्वित हुने अवस्थाको सृजना हुन सक्दछ ।
अर्कोकुरा कृषि उत्पादनमा न्युन उत्पादन र अधिक उत्पादनको जोखिम बढी हुने गर्दछ । तसर्थ बढी उत्पादन भई मुल्य घटेको कारणबाट कृषकलाई मार नपरोस भनी मुख्य कृषि उत्पादनको न्युनतम मुल्य तोकिनु पर्दछ जुन मुल्यमा बेच्दा पनि कृषकले सामान्य नाफा प्राप्त गर्न सकोस । त्यसैगरी, कृषि उपजको जस्तोसुकै प्रतिकुल अवस्थामा पनि बिक्रीको प्रत्याभुति सरकारले दिन सक्नु पर्दछ ताकी अहिले जस्तो कृषकले खेतमै कृषि उपज नष्ट गर्नु नपरोस ।
कृषि पुर्वाधारमा पर्याप्त बजेटः कृषि क्रान्तिको सन्दर्भमा इजरायलबाट सिक्न सकिन्छ । इजरायलले शुरुवाती दिनमा कुल बजेटको ३० प्रतिशतसम्म कृषिमा छुट्याउने गरेको थियो जसको ठुलो हिस्सा कृषि पुर्वाधारमा नै खर्च गर्ने गरेको पाइन्छ । सिञ्चाइ, भण्डारण, कृषक तालिम केन्द्र जस्ता कुरामा पर्याप्त लगानी नगरी कृषि क्रान्ति सफल हुन सक्दैन ।
समुदायमा आधारित खेतीमा जोडः हामीले समुदायमा आधारित खेतीलाई खासै महत्व दिन सकेका छैनौ तर समुदायमा आधारित खेतीको विकाश नगरी कृषि क्रान्ति सम्भव छैन । कृषि सहकारीलाई बजारीकरणसँग मात्र नभई सामुदायिक उत्पादनमा जोड्नु आवस्यक छ । हामीले सामुदायिक वनको विकाश गर्दा खाली वनको विस्तारमा केन्द्रित भयौं तर वनको गुणात्मकतामा ध्यान दिएनौं । हाम्रा जङ्गलहरु सल्ला लगायतका विरुवाहरुले ढाकिए । अब त्यस्ता सामुदायिक वनमा फलफुल लगायत अन्य व्यवसायिक कृषिलाई अगाडि बढाउने गरी नीति अवलम्वन गर्नु पर्दछ ।
राज्यले न्युनतम रुपमा पनि माथि उल्लेखित कार्य गर्न सकेको अवस्थामा मात्रै कृषिलाई अपेक्षित रुपमा अगाडि बढाउन सकिनेछ । कृषिमा युवाको आकर्षण बढाउन कृषि पनि राम्रो आम्दानी गर्न सकिने ब्यवसाय हो भनी स्थापित गराउनु पर्दछ तब मात्रै हामीले भन्ने गरेको कृषि क्रान्ति सफल हुन सक्दछ । तसर्थ, सरकारले आउदै गरेको बजेटमा कृषि सम्वन्धी उल्लेखित कार्यक्रमहरुको निम्ति व्यवस्था गर्न सक्नु पर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमौरीपालक कृषक बढ्दै ,उत्पादन घट्दै
बैशाख ८, २०८१ शनिबार
चीनबाट आयात गरिएको रासायनिक मल काठमाडौं ढुवानी
बैशाख ७, २०८१ शुक्रबार
हलगोरु पाल्ने किसानलाई अनुदान दिने
बैशाख ३, २०८१ सोमबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी
बैशाख ८, २०८१ शनिबार
एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा दौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार