उपकुलपति नियुक्त गर्न कर्मचारीको माग
नेपालबहस संवाददाता
जेठ ११, २०७७ आइतबार २१:४०:२०
११ जेठ, काठमाडौं । पोखरा विश्वविद्यालयमा लामो समयदेखि उपकुलपतिलगायत पदाधिकारी नियुक्त नहुँदा पठनपाठनमा मात्र नभई समग्र प्रशासनिक काम ठप्प भएकाे भन्दै कर्मचारीहरुले तत्काल नियुक्ति प्रकृया थाल्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री तथा शिक्षामन्त्रीले यो समस्यालाई समयमै संवोधन नगरे ठूलै समस्या आइलाग्ने भन्दै कर्मचारी वर्गले विश्वविद्यालयको साख र विश्वसनीयता जोगाउन माग गरेका छन् । पोखरा विश्वविद्यालय कर्मचारी संघका अध्यक्ष शिवराज पण्डितद्वारा आज जारी प्रेस विज्ञप्तिमा यी लगायत धेरै पक्षमा सरकारले ध्यान दिनुपर्ने माग गरिएको छ ।
विगत ८ महिनादेखि विश्वविद्यालय नेतृत्वविहिन अवस्थामा रहेको भन्दै यसले समग्र विकास र विस्तारमा बाधा उत्पन्न भएको विज्ञप्तिमा उल्लेख छ । गत असोजदेखि नै उपकुलपति पद रिक्त छ । उपकुलपति पदपूर्ति गर्न सरकारले ध्यान नदिंदा समस्या परेको भन्दै विज्ञप्तिमा पटकपटक कार्यबाहक उपकुलपति तोक्दा नराम्रो सन्देश गएको पनि उल्लेख गरिएको छ ।
कार्यबाहक उपकुलपतिको म्याद गत बैशाख २२ बाटै समाप्त भइसकेको छ । विश्वविद्यालयको मूल नेतृत्व नियुक्त हुन नसक्दा कार्यकारी परिषद र प्राज्ञिक परिषदका बैठक कानूनी रुपमा बस्न नसक्दा शैक्षिक, प्राज्ञिक र परीक्षासम्बन्धी अनेकौं काममा बाधा आइपरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसैबीच तीनवटा संकायका डीन,तीन कार्यकारी निर्देशक र परीक्षा नियन्त्रकको पदावधिसमेत सकिएको छ । यी पदको पदपूर्ति गर्नसमेत उपकुलपति अनिवार्य भएको भन्दै कर्मचारी संघले यथाशीघ्र नियुक्ति प्रकृया अगाडि बढाउन आग्रह गरेको छ । लकडाउनका बेला अनलाइन प्रविधिमार्फत कक्षा सञ्चालन गर्नसमेत आवश्यक निर्णय गर्न उपकुलपतिलगायत पदाधिकारी आवश्यक पर्ने हुन्छ ।
निजी क्षेत्रको समेत सहभागितामा सञ्चालन हुने यस विश्वविद्यालय अन्तर्गत चारवटा आंगिक,५८ वटा निजी र चारवटा संयुक्त आंगिक कलेजहरु रहेका छन् । साथै, यस विश्वविद्यालय अन्तर्गत झण्डै ४० हजार विद्यार्थी अध्ययनरत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
त्रिविको नियुक्तिलाई लिएर ६६ जना प्राज्ञले भेटे प्रधानमन्त्री
बैशाख ३, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार