आजै मात्रै १७ जना डिस्चार्ज, १९ सङ्क्रमित थपिए !
नेपालबहस संवाददाता
जेठ ११, २०७७ सोमबार ०:२६:२९
११ जेठ, काठमाडौं । कोभिड–१९ को सङ्क्रमण आज १९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मोरङ, पर्सा, रौतहट, काठमाडौं, नुवाकोट, रुपन्देही, कपिलवस्तु र गुल्मीका रहेका छन् ।
नयाँ सङ्क्रमितमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङ० बाह्रदशी–३ का ४५ वर्षीय पुरुष रहेका छन् । यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बारा कलैयाका ३२ वर्षीय पुरुष, वीरगञ्ज २५ वर्षीय पुरुष, पर्सा घर ठेगाना भएका बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्साका नागवाका ६० वर्षीय पुरुष, रौतहट स्थायी ठेगाना कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाही हरिपुर–६ का ४८ वर्षीय पुरुष, रुपन्देही सम्मारिमाईका दुईजना पुरुष क्रमशः ४० र ५० वर्षीय पुरुष, रुपन्देही–१ का ३२ वर्षीय पुरुष, काठमाडौं सोह्रखुट्टेका ६९ वर्षीय पुरुष, नुवाकोट ककनीका ३९ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको उनले बताए । नुवाकोटमा पहिलापटक सङ्क्रमण देखिएको हो ।
यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देही गैडहवा गाउँपालिका २३, ३० र ४० वर्षीय पुरुष, कपिलवस्तु खैरापुरका–३ का ३५, ३७ र ५२ वर्षीय पुरुष रहेका छन् । गुल्मी मदाने गाउँपालिका ३१ वर्षीय पुरुष गरी कूल १९ जना सङ्क्रमण देखिएको छ ।
नयाँ सङ्क्रमितको कन्ट्याक्ट टे«सिङको काम इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशााखाले गरिरहेको उनले बताए । कूल सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या ६०३ जना रहेका छन् जसमध्ये पुरुष ५३२ र महिला ७९ जना रहेका छन् । उनका अनुसार सङ्क्रमित ४२ जिल्ला पुगेका छन् ।
प्रदेश नंं १ मा सात जिल्लाका ८६, प्रदेश नंं २ मा आठै जिल्लाका १७९, वाग्मती प्रदेशमा एघार जिल्लाका १४, गण्डकी प्रदेशमा तीन जिल्लाका पाँच, प्रदेश नं ५ को सात जिल्लाका २८१, कर्णाली प्रदेशका दुई जिल्लाका चार र सुदूरपश्चिम प्रदेशका चार जिल्लाका १४ जनामा सङ्क्रमण देखिएको उनले बताए ।
सतासी जना ‘डिस्चार्ज’
प्रवक्ता डा देवकोटाले अहिलेसम्म ८७ जना ‘डिस्चार्ज’ भएको जानकारी दिए । उनका अनुसार नारायणी अस्पताल उपचार रहेका सात र बुटवल धागो कारखानामा रहेका १० गरी आजै मात्र १७ जना डिस्चार्ज भएका हुन् । नारायणीमा डिस्चार्ज भएका बारा, पर्सा र रौतहटका २४ देखि ५१ वर्षीय पुरुष रहेका छन् ।
प्रदेश नं १ मा २६, प्रदेश नं २ मा १३, वाग्मती प्रदेशमा नौ, गण्डकी प्रदेशमा दुई, प्रदेश नं ५ मा ३२ र सुदूरपश्चिम प्रदेशमा पाँचजना डिस्चार्ज भएका छन् । शुक्रबार एकै दिन नेपालगञ्जमा २१ जना डिस्चार्च भएका थिए । अहिलेसम्म पीसीआरबाट ४८ हजार ८१५ र आरडीटीबाट ९० हजार २६ जनाको परीक्षण गरिएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार