अब अब पूर्वराजाको तस्वीर भएको नोट नचल्ने
Advertisement

११ जेठ, काठमाडौं । सरकारले राजाको तस्वीर भएको नोट हटाउने भएको छ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई राजाको तस्वीर भएको नोट चलन चल्तीमा नल्याउन निर्देशन दिएको हो ।

तत्कालै यी नोटहरू प्रतिबन्धित भने हुने छैनन् । सर्वसाधारणले बैङ्कमा बुझाएकाहरू बैङ्कमार्फत राष्ट्र बैङ्कमा खिचेर त्यसलाई पुन बजारमा नपठाउने राष्ट्र बैङ्कको तयारी छ ।

राष्ट्र बैङ्कले सर्वसाधारणबाट आएको राजाको तस्वीरसहितको नोट पुन सर्वसाधारणमा प्रवाह नगर्न भनेको मात्रै हो । सफा नोट नीति कार्यान्यन गराउन भदै राष्ट्र बैङ्कले यो निर्देशन जारी गरेको हो ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्