आज इदको दिन भारतका सबैजसो मस्जिद बन्द
नेपालबहस संवाददाता
जेठ १२, २०७७ सोमबार १९:२३:४५
१२ जेठ, एजेन्सी । आज मुस्लिम समुदायका नागरिकको ठूलो पर्व इद उल फित्रका दिन नयाँ दिल्लीलगायतका भारतका अधिकांश स्थानका मस्जिदहरु बन्द रहेका छन् । भारतमा पनि बढ्दो कोरोना भाइरसको प्रकोपका कारण भारतले पनि गएको दुई महिना भन्दा लामो समयदेखि लकडाउन गरेको छ ।
लकडाउनका कारण तथा यस प्रकोपको बढ्दो संक्रमणका कारण यहाँका मुस्लिम समुदायका नागरिकहरु आज मस्जिदमा भेला भएका छैनन् । नयाँ दिल्लीको सबैभन्दा ठूलो फेताहपुरी मस्जिद आज बन्दाबन्दीको पालना गर्दै बन्द गरिएको छ । यसअघिका इदको समयमा हजारौँको भीड लाग्ने गरेको यस मस्जिदमा आज कोही पनि उपस्थित भएका छैनन् ।
इस्लामिक धर्मावलम्बीहरुले एक महिनाको रमजान ब्रतपछि आज इद उल फित्रको दिनमा उक्त ब्रतको समापन गर्ने गर्दछन् । यस दिन विश्वका मुस्लिम समुदायका नागरिकहरु मस्जिदमा जम्मा भएर इद मनाउने गर्दछन् । तर आज भारतका प्रायः सबैजसो मस्जिदहरु बन्द रहेका बताइएको छ ।
यसवर्ष कोभिड १९ को महामारीका कारण यसअघि महिनादिनदेखि जारी रहेको इदको अवसरमा पनि कसैलाई मस्जिदमा नजान र घरबाटै नमाज पढ्न भारत सरकारले आग्रह गरेको थियो । सरकारको सोही आदेश बमोजिम नै भारतका प्रायः सबैजसो मस्जिदमा इस्लाम धर्मावलम्बीहरु गएको महिना दिन सम्म र आज पनि जम्मा भएका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुससँग लड्न युक्रेनले अब उमेर पुगेका नागरिकलाई स्वदेश फिर्ता बोलाउने
बैशाख ११, २०८१ मंगलबार
गाजाको अस्पताल परिसरमा दुईसय भन्दा बढीको शव भेटियो
बैशाख ११, २०८१ मंगलबार
नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार