पाटन नगरपालिकाका बजार १५ गतेसम्म शिल
Advertisement

१२ जेठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित स्थानेश्वर मार्गमा बस्ने ३५ वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रका सात घर शिल गरिएको छ ।

ग्राण्डी अस्पतालमा कार्यरत युवाको आमा र श्रीमतीको पीसीआर विधिबाट परीक्षण गर्न लागिएको वडाध्यक्ष केशव गुरुङले जानकारी दिए । ङ्क्रमितको घरमा तीन जनामात्र बस्ने, कोठा भाडामा समेत नलगाएकाले पहिलो चरणमा परिवारका सदस्यको मात्र परीक्षण गर्न लागिएको हो । परिवारका सदस्यको नतिजा नेगेटिभ आए अरुको नगरिने र पोजेटिभ आए सम्पर्कमा आएकाको ट्र«ेसिङ गरी परीक्षण गरिने पनि उनले बताए ।

नगरपालिकामा यो दोस्रो सङ्क्रमण भएको प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताए । पहिलो सङ्क्रमित गोकर्णेश्वर–४ क्षेत्रमा ट्र«ेसिङ गरिएका १९७ जनाको आरडीटी परीक्षण गर्दा आठ जनामा पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएका सबैलाई नेपाल मेडिकल कलेज अत्तरखेलमा राखिएको उहाँले जानकारी दिए ।

Advertisement

नगरका जनप्रतिनिधि, कर्मचारीलगायत अग्रभागमा रहेर काम गर्नेमा गरिएको पीसीआरको प्रतिवेदन भने नेगेटिभ आएको नगरपालिकाले जनाएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्