मुख्यमन्त्री राउतद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
नेपालबहस संवाददाता
जेठ १३, २०७७ मंगलबार १३:३१:१६
१३ जेठ, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले सोमबार कोरोना महामारीको नियन्त्रण तथा उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जलाई स्वास्थ्य सामग्री र चेक हस्तान्तरण गरेका छन् । सो अस्पतालका प्रमुख डा मदन उपाध्यायलाई मुख्यमन्त्री राउतले स्वास्थ्य सामग्रीमा भिटिएम ९५० थान, मास्क चार हजार थान, सर्जिकल पञ्जा एक हजार जोडा, डिजिटल थर्मोमिटर ३० थान, स्यानिटाइजर २५ लिटर, पीपीई ३० थान, गमबुट २० थान र जनचेतनामूलक हातेपर्चा ५०० थान हस्तानान्तरण गरे ।
यसका साथै मुख्यमन्त्री राउतले सङ्क्रमितको खाना र खाजाका लागि रु २५ लाखको चेकसमेत हस्तान्तरण गरे । यसअघि प्रदेश सरकारले नारायणी अस्पताललाई पीसीआर मेसिन उपलब्ध गराउनुका साथै सोको सञ्चालनका लागि रु ५० लाखसमेत उपलब्ध गराएको थियो ।
उक्त अवसरमा मुख्यमन्त्री राउतले मानव सभ्यताकै लागि चुनौती बनेको कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले आफ्नो क्षमताअनुसारको पहलमा कुनै कमी हुन नदिने प्रतिबद्धता प्रकट गरे । उनले प्रदेश सरकारले जनकपुर, वीरगञ्ज र राजविराजबाट कोरोना परीक्षणका लागि पीसीआर मेसिन जडान गरिसकेको र थप पिसिआर मेसिनका लागि पहल शुरु गरिएको जानकारी गराए ।
मुख्यमन्त्री राउतले यस प्रदेशमा भारतलगायत अन्य मुलुकबाट आउने नागरिकका लागि नेपाली सेनाले सञ्चालन गर्ने गरी वीरगञ्जमा ५०० श्ययाको होल्डिङ क्वारेन्टिन, बारा र सप्तरीमा ५००र५०० श्ययाको प्रादेशिक क्वारेन्टिन निर्माणको प्रक्रियासमेत शुरु भइसकेको जानकारी गराए ।
४३ सङ्क्रमित निको भएर घर फर्किए
वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ४३ कोरोना सङ्क्रमित निको भएर साँझ घर फर्केका छन् । यस सम्बन्धमा प्रदेशका स्वास्थ्य निर्देशनालय जनकपुरका निर्देशक हरिशचन्द्र साहले सोमबार साँझ ४३ सङ्क्रमितको लगातार दुईपटक रिपोर्ट नेगेटिभ आएपछि सो अस्पतालले डिस्चार्ज गरेको बताए ।
डिस्चार्ज हुनेमा दुई सञ्चारकर्मी, दुई महिला छन् । सोमध्ये एक सर्लाहीका र अन्य ४२ पर्साका रहेको उनले जानकारी गराए । सोही अस्पतालबाट जेठ १० र ११ गते गरी दुई दिनमा २७ जना निको भएर घर फर्केका थिए । यो तीन दिनको अवधिमा ७० जना निको भएर घर फर्केपछि अब सो अस्पतालमा एक जना पनि सङ्क्रमित नरहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
बैशाख १३, २०८१ बिहिबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
टोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वोच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
मुख्यमन्त्री कार्कीसँग बहुमत नरहेको पत्र प्रदेश प्रमुखलाई पठाइयो
बैशाख १३, २०८१ बिहिबार
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बैशाख १३, २०८१ बिहिबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार