स्याङ्जाका २ युवामा कोरोना पुष्टी
नेपालबहस संवाददाता
जेठ १३, २०७७ बुधबार ०:३०:८
१३ जेठ, स्याङ्जा । स्याङ्जामा २ जना व्यक्तिमा कोरोना संक्रमणको पुष्टी भएको छ । भारतबाट जेठ १० गते आएर वालिङको क्वारेन्टीनमा बसेका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुशार उनीहरु वालिङ नगरपालिका वडा नम्वर ७ का २९ र २० बर्षका पुरुष रहेका छन् ।
दुवै जनालाई आईसोलेसनमा राख्नका लागि स्याङ्जा सदरमुकाम ल्याइएको प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर बिनोद बिन्दु शर्माले पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् उनीहरुको टोलीमा चापाकोट र हरिनासका व्यक्तिहरु रहेको बताईएको छ । त्यस मध्ये वालिङको क्वारेन्टीनमा रहेकाहरुको मात्र पीसीआर परिक्षण गरिएको तर अन्यको स्वाव संकलन गर्न नै बाँकी रहेको बताईएको छ ।
स्वास्थ्य कार्यालयलयले उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङको काम शुरु भई सकेको जनाएको छ । शनिवार वालिङको क्वारेन्टीनमा बसेका २० जनाको पीसीआर परिक्षणका लागि स्वाव लिईएकोमा दुई जनाको नतिजा पोजेटिभ आएको हो ।
भारतको गाजियावादबाट आएका संक्रमित युवाहरुको साथमा आएकाहरुको खोजि कार्यलाई तिव्रता दिइएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार साथीहरुको खोजी कार्य भईरहेकाले जिल्लाबासीहरुलाई त्रसित नहुनसमेत आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं : शिक्षामन्त्री श्रेष्ठ
बैशाख १२, २०८१ बुधबार
राजनीतिक दलमा लागेका शिक्षकमाथि एक्सन, कारवाही गर्न ७७ जिल्लामा निर्देशन
बैशाख ९, २०८१ आइतबार
मुगुमा भर्नासँगै विद्यार्थीका हातमा पाठ्यपुस्तक
चैत २५, २०८० आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार