दोषीलाई कारबाहीको माग गर्दै पीडितको रिले अनसन
नेपालबहस संवाददाता
जेठ १३, २०७७ बुधबार १:२८:६
१३ जेठ, जाजरकोट । रुकुम पश्चिममा आफ्नो प्रेमिकासँग बिहे गर्न गएका भनिएका नवराज विक लगायत मारिएका युवाहरुको हत्यारालाई कारबाहीको माग गर्दै जाजरकोटमा रिले अनशन शुरु भएको छ । मंगलबार दिउँसोदेखि रिले अनशनमा बसेका पीडितहरुले रातीसम्मै निरन्तरता दिने बताएका छन ।
जिल्ला प्रशासन कार्यालयको गेटमा मृत्तकका आफन्त, दलित अधिकारकर्मी, पत्रकार र स्थानीयहरुले रिले अनशन शुरु गरेका हुन । विवाहका लागि प्रेमिकालाई भगाउन रुकुम पश्चिमको सोती पुगेका जाजरकोट रानागाउँका नवराज विकसहित तीन जनाको हत्या भएको थियो । नवराजसँग गएका अरु तीन जना अझै बेपत्ता छन । बेपत्ताहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घटनामा सलंग्न भएको आरोपमा रुकुम सोतीका वडाध्यक्ष डम्बर मल्ल, युवतीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल लगायत १५ जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । तर अनुसन्धान फितलो भएको र हत्यारालाई लुकाउन खोजिएको भन्दै मृत्तकका आफन्त र अधिकारकर्मीले रिले अनसन शुरु गरेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
खिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
अनलाइन प्रहरी चारित्रिक प्रमाण पत्र दिने सेवा तीन घण्टा अवरुद्ध हुने
चैत १३, २०८० मंगलबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार