छोराले चलाएको ट्याक्टर पल्टिदा बाबुको मृत्यु
नेपालबहस संवाददाता
जेठ १३, २०७७ बुधबार ४:१३:३०
◊ धीरुभाइ
१३, जेठ सप्तरी । सप्तरीमा मंगलबार भएको विभन्न दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन । छोरा चलाएको ट्याक्टर पल्टिदा बाबु मृत्यु भएको छ । खड्क नगरपालिका ६ चकवा स्थित उत्तरबाट दक्षिण तर्फ जादै गरेको कृषिबाट अनुदान प्राप्त नम्बर नभएको पावर डिलर तीन पाङ्ग्रे ट्याक्टर अनियन्त्रित भई पल्टिदा चालकको बुवाको मृत्यु भएको हो ।
स्थानीय ४० वर्षीय हरी चौधरीले चलाउदै गरेको ट्याक्टर आफै अनियन्त्रित भई पल्टिदा ट्याक्टरमा सवार चालकको बुवा ७५ वर्षीय गुदीलाल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । सो दुर्घटना परी गम्भीर घाइते चौधरीको उपचारको क्रममा लहान स्थित त्रिशक्ति अस्पतालमा मृत्यु भएको हो । ट्याक्टर चालक प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य गरिरहेको बताए ।
झुण्डिएर आत्महत्या
यस्तै जिल्लाको सप्तकोशी नगरपालिका ९ पाटनटोल बस्ने राम लखन यादवको १९ वर्षीय छोरा गंगा प्रसाद यादवले झुण्डिएर आत्महत्या गरेको छ । स्थानीय गैरी शंकर यादवको बयरको रुखमा साडीको पासो लगाई झुण्डिएर मृत्यु भएको प्रहरीले बताए ।
गाई मरे, चालक घाइते
त्यसैगरी जिल्लाको बोदेबर्साइन नगरपालिका २ बैरिया स्थित स्थानीय रोहितलाल चौधरीको गाईलाई मोटरसाइकलले ठक्कर दिदा गाईको मृत्यु भएको छ । जिल्लाकै खडक नगरपालिका ११ बनौली बस्ने २५ वर्षीय तफेदुल हुसेनले चलाउदै गरेको स ४ प २१३१ नम्बरको मोटरसाइकले ठक्कर दिदा गाईको घटना स्थलमै मृत्यु भएको हो।
सोही दुर्घटनामा परी गम्भीर घाइते भएको मोटरसाइकल चालक तफेदुल हुसेनलाई उपचारको लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपातर्फ पठाईएको र मोटरसाइकल प्रहरीले नियन्त्रण लिइ थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवनका भित्री सडकमा दुर्घटना बढी
बैशाख ६, २०८१ बिहिबार
दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका युवाको शव भेटियो
बैशाख ६, २०८१ बिहिबार
बाँकेको एक हर्बल उद्योगमा लागेको आगो निभाउन ११ वटा दमकल
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार