आज बेलुकातिर हावाहुरीसहित पानी पर्ने
नेपालबहस संवाददाता
जेठ १४, २०७७ बुधबार १४:५४:३३
१४ जेठ, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार देशका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रही बेलुकातिर हावाहुरीसहित पानी पर्ने जनाएको छ । अहिले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ।
पूर्वी भू–भाग नजिकै रहेको निम्न चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रसहितमा आंशिक बदली भएको मौसमविदले बताएका छन् । आज दिउँसो पूर्व तथा मध्य पहाडी भू–भागमा सामान्य बदली र पश्चिमी क्षेत्रमा आंशिक बदली हुने जनाइएको छ । बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहनेछ ।
पूर्व तथा मध्य पहाडी क्षेत्रका केही स्थानमा र पश्चिम पहाडका थोरै स्थानमा मध्याहन्नपछि मेघगर्जन र चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
राति पूर्व र मध्य क्षेत्रमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । पूर्व तथा मध्य क्षेत्रका केही स्थान र पश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
बैशाख ११, २०८१ मंगलबार
यस्तो छ कतारका अमिर थानीको नेपाल भ्रमणको तालिका
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार