बागलुङमा कोरोना संक्रमितको संख्या १३ पुग्यो
नेपालबहस संवाददाता
जेठ १४, २०७७ बुधबार १८:१४:५७
१४ जेठ पोखरा । बागलुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ जना पुगेको छ ।
तमानखोला गाउँपालिकाका ४ र बडिगार्ड गाउँपालिकाका २ जनामा कोरोना संक्रमण भएको हो । पीसीआर विधिबाट गरिएको परीक्षणमा बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश प्रगोलशालाका एक कर्मचारीले जानकारी दिए । संक्रमितबारे प्रदेश स्वास्थ्य निर्देशनालयमा जानकारी दिइएको उनले बताए ।
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले आफ्नो गाउँपालिकाका ४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको आफूले जानकारी पाएको बताए । अध्यक्ष बुढामगरका अनुसार, सुनौली नाकाबाट उद्धार गरिएकाहरूमा संक्रमण पुष्टि भएको हो । उनीहरूलाई बागलुङको आइसोलेसनमा पठाउने तयारी भएको उनले जानकारी दिए ।
बडिगार्ड गाउँपालिकामा भेटिएका कोरोना संक्रमितलाई पनि बागलुङकै आइसोलेसनमा पठाउने तयारी गरिएको उक्त गाउँपालिकाका अध्यक्ष मेहनसिंह पाइजाले जानकारी दिए ।तमानखोला गाउँपालिकामा संक्रमित ४ जनासँगै ८ जना आएको अध्यक्ष जोकलाले जानकारी दिए । बाँकीको कोरोना संक्रमणको नतिजा नेगेटिभ आएको र उनीहरुसहित १४ जना गाउँपालिजकाको क्वारेन्टाइमा रहेको उनले बताए ।
बडिगार्ड गाउँपालिकाले ६ जनाको उद्धार गरेकोमा २ जनामा कोरोना देखिएको हो । ६ जना आएकोमा २ जनामा कोरोना संक्रमण देखियो भने बाँकीको नतिजा नेगेटिभ आयो,’ अध्यक्ष पाइजाले भने, ‘गाउँपालिकाको क्वारेन्टाइनमा २ सय १३ जना छन् ।आज पनि ५३ जना आउँदै छन् ।तीमध्ये बागलुङकै २ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् । मंगलबारमात्र स्याङ्जाको वालिङमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार