परीक्षणको कसीमा ओलीको राष्ट्रवाद
नेपालबहस संवाददाता
जेठ १४, २०७७ बुधबार १८:४७:५८
◊ गणेश केसी, अधिवक्ता
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली यतिखेर क्रान्तिकारीको नयाँ अवतारमा खडा भएका छन् । उनका अरिंगालले त उनकाे देवत्वकरण नै गरिदिएका छन् । नेपालमा ओली जत्तिको राष्ट्रवादी नेता कहिल्यै जन्मिएको थिएन भन्न थालिएको छ । भीमसेन थापा, सरदार कालु पाँडे हुन् वा भक्ति थापा ओलीका गोडामा बाँध्न पनि नसुहाउने खाले अवतारमा उदाएका छन् । कारण ६ दशकदेखि नेपालले लिन नसकेको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर ओली सरकारले नयाँ राजनीतिक नक्शा जारी ग¥यो ।
हुन पनि ओली नेतृत्वको सरकारले गएको जेठ ७ गते नयाँ राजनीतिक नक्शा सार्वजनिक गरेकै हो । यो परिघटनालाई इतिहासमै कहिल्यै नभएको जस्तो गरी स्यालहुँइया गर्ने अरिंगालहरुको बोली ओलीलाई कर्णप्रिय लाग्नु स्वभाविक हो । पार्टी भित्र असाध्यै अफ्ठेरो अवस्थामा पुगेका ओलीलाई यो सत्ता बचाउने अर्काे निहुँ बनेको छ । त्यसैले पनि अरिंगालको स्यालहुँइया उनका लागि वरदान साबित भएको छ । तर यथार्थ चाहिं अलि बेग्लै छ ।
ओलीका अरिंगालले त अब ओलीको शालिक घर घरमा बन्दैछ भन्नसमेत भ्याएका छन् । जबकी ओलीको विगत हेर्ने हो भने अन्धकारै अन्धकार पाइन्छ । झण्डै २३ वर्षअघि ओलीको पहलमा भएको महाकाली सन्धिको पृष्ठभूमि हेरौं । भारतीय पक्षको चाहनालाई पूरा गर्न ओली कति हदसम्म गिरेका थिए । त्यही कारणले तत्कालिन एमाले विभाजित भएको थियो । त्यसैको आधारमा पनि ओलीप्रति धेरै विश्वस्त हुने स्थिति बनिसकेको छैन ।
सन् १८१६ मा तत्कालिन इष्ट इण्डिया कम्पनीसँग नेपालले गरेको सुगौली सन्धि बमोजिमको नक्शा अहिले जारी भएको हो ।सरकारले नयाँ राजनीतिक नक्शा सार्वजिनक गरेको छ, तर भूमि भने भारतकै कब्जामा छ । अब नेपालीले सरकारद्वारा जारी नक्शालाई मान्ने हो भने भोगचलन पनि गर्नुपर्ने हुन्छ । व्यवहारमा भने उक्त भूभाग भारत अधिनस्थ छ । सायद ओलीलाई लागेको होला कागजमा आफ्नो बनाइदिएपछि भैहाल्यो नि । तर जबसम्म उक्त भूमि नेपालले भोगचलन गर्न सक्दैन वा पाउँदैन, त्यसलाई आफ्नो भन्नु नै बेतुकको कुरा हुनेछ ।
गएको वर्ष सन् २०१९ को अक्टोबरमा भारतले जारी गरेको राजनीतिक नक्शामा लिम्पियाधुरालाई आफ्नो भूभाग देखाइयो । स्वभाविक थियो, उक्त भूभागमा लामो समयदेखि भारतीय सेनाको उपस्थिति छ । त्यसैले आफ्नो भूभाग भन्ने आधार उसँग सुरक्षित छ । भारतले नक्सा जारी गरेको लगभग ८ महिनापछि मात्र ओली सरकारले नेपालको हो भनेर दावी गरेको छ । तर यत्तिका समय किन सुतेर बस्यो ? यसको वस्तुनिष्ठ समीक्षा नभएसम्म ओलीको नियत शंकाको घेरामा परिरहने छ । अहिले आएर एकतर्फी रुपमा बिना सल्लाह र परामर्श उक्त भूमि नेपालको हो भन्नुका पछाडि अवश्य पनि रहस्य लुकेको प्रतीत हुन्छ ।
नक्सा जारी गर्नेवित्तिकै भारत अधिनस्थ उक्त भूमि आफ्नो भयो भन्ने सोच नै गैरजिम्मेवार र अदूरदर्शी हो । अझ नक्सा पारित भएपछि त उक्त जमिन नेपालको भइसक्यो भन्ने ढंगले भूमिसुधार मन्त्री घर घरै पुगेर फ्रेम गरेको नक्शा वितरण गर्दैछिन् । यो भन्दा केटाकेटीपन के होला ? अर्काको कब्जामा रहेको जग्गा मेरो हो भनेर कराउने वित्तिकै फिर्ता होला र ? बढो विचित्रको सोच छ, शासक वर्गमा ।
यो प्रकरणमा ओलीलाई जसरी देवत्वकरण गरिएको छ,त्यसलाई व्यवहारमा उतार्ने काम अब ओलीकै थाप्लोमा छ । अर्थात, गुमेको भूमि फर्काउने नै हो भने त्यसको तयारी पनि सोही ढंगले गरिनुपर्छ । ओलीका अरिंगालले त अब ओलीको शालिक घर घरमा बन्दैछ भन्नसमेत भ्याएका छन् । जबकी ओलीको विगत हेर्ने हो भने अन्धकारै अन्धकार पाइन्छ । झण्डै २३ वर्षअघि ओलीको पहलमा भएको महाकाली सन्धिको पृष्ठभूमि हेरौं । भारतीय पक्षको चाहनालाई पूरा गर्न ओली कति हदसम्म गिरेका थिए । त्यही कारणले तत्कालिन एमाले विभाजित भएको थियो । त्यसैको आधारमा पनि ओलीप्रति धेरै विश्वस्त हुने स्थिति बनिसकेको छैन ।
प्रधानमन्त्री ओली नेपालको भूमि फिर्ता ल्याउन साँच्चै इमान्दार थिए भने केवल कागजमा सीमित गर्ने र जथाभावी टिप्पणी गर्ने बाटो अबलम्बन गर्ने थिएनन् । यो प्रकरणमा कुरा गर्न उनलाई कतैबाट रोकटोक थिएन । भारतसँग एक वचन कुरा नगरी उल्टो चिढ्याउने छुद्र वचन वाण प्रहारमा अग्रसर हुनु नै उनी इमान्दार नभएको प्रमाण हो । झण्डै ६ दशकदेखि भारतीय कब्जामा रहेको उक्त क्षेत्र आफ्नो मातहत ल्याउन प्रभावकारी संवाद गर्नै पथ्र्याे । त्यो अवसर ओलीलाई पटक पटक प्राप्त भएको थियो । तर उनले कहिल्यै वास्ता गरेनन् । अहिले चाहिं सबैभन्दा क्रान्तिकारी भएको स्वाङ्ग रच्ने काम भइरहेको छ ।
भारतसँगको सीमा विवाद हल गर्न भारतसँगै सम्वाद गर्नुपर्छ भन्ने सामान्य ज्ञान नभएका ओलीले उल्टो चिढ्याउने छुद्र बचन गर्दैछन् । नक्सा जारी गर्नेवित्तिकै भारत अधिनस्थ उक्त भूमि आफ्नो भयो भन्ने सोच नै गैरजिम्मेवार र अदूरदर्शी हो । अझ नक्सा पारित भएपछि त उक्त जमिन नेपालको भइसक्यो भन्ने ढंगले भूमिसुधार मन्त्री घर घरै पुगेर फ्रेम गरेको नक्शा वितरण गर्दैछिन् । यो भन्दा केटाकेटीपन के होला ? अर्काको कब्जामा रहेको जग्गा मेरो हो भनेर कराउने वित्तिकै फिर्ता होला र ? बढो विचित्रको सोच छ, शासक वर्गमा ।
नेपाली जनता त जे भनेपनि पत्याउने स्वाँठै हुन् भन्ने गलत र हलुका सोच ओली प्रशासनमा व्याप्त रहेको प्रष्ट हुन्छ । ओलीका अरिंगालको प्रचार त्यही ढंगले हुने गरेको छ । यो प्रकरणमा सबैभन्दा रहस्यमय बनेको छ– क्रान्तिकारी छवि भनिएका तत्कालिन माओवादी नेताहरुको मौनता । राष्ट्रवादी भनेर कहिल्यै नथाक्नेहरु यो मामलामा चुँइक्क बोल्दैनन् । सबै दुला भित्र पसेका छन् । भारतीय पक्षले यसबारे बढो गज्जबको टिप्पणी गरेको छ । हिजो माओवादी पक्षलाई नेपाली राजनीतिको मूलधारमा भारतले ल्याएर गम्भीर भूल गरेको कतिपय भारतीयले सार्वजनिक रुपमै बोले ।
त्यसले अर्काे तरंग ल्याएको छ । यसबाट एउटा कुरा के छर्लङ्ग हुन्छ भने भारतले नै नेपालका कम्युनिष्टहरुलाई खेलाएको छ । त्यसैले गर्दा माओवादी पक्षबाटै तीन पटक कार्यकारी प्रमुख हुँदासमेत यो विषय कहिल्यै उठेन । जबकी यो भूभाग सन् १९६२ देखि भारतीय सेनाको नियन्त्रणमा थियो । भारतविरुद्ध सुरुङ युद्ध लड्ने उद्घोष गर्नेहरु त्यसै दुलो भित्र छिरेका होइनन् ।
अर्काे रमाइलो कुरा के छ भने उक्त भूमि नेपालको हो भन्ने तर फिर्ता लिने स्पष्ट खाका भने तयार नगर्ने । प्रधानमन्त्री ओलीले यसका लागि सरकारले कुनै योजना,कुटनीतिक तयारी, उपलव्ध प्रमाण र आवश्यक रणनीतिबारे कहिल्यै तयारी गरेको छैन । केवल हाम्रो हो भनेर नक्शा मात्र घुमाउने काम भएको छ । त्यसैले ओलीलाई परीक्षण गर्ने खास बेला अब आएको छ । साँच्चै गुमेको भूमि फिर्ता लिन खोजेकै हो भने पूरा तयारी गर्नुपर्छ, न की हावादारी गुड्डी हाँक्ने । यसका लागि ओली सरकारले भारतसँग कुटनीतिक रुपमा तत्काल सम्वाद थाल्नुपर्छ । आजको जमानामा भौतिक रुपमा सँगै बसेर मात्रै छलफल गर्नुपर्छ भन्ने अवस्था रहेन । भिडियो कन्फरेन्समार्फत धेरै सम्वाद र छलफल हुने गरेका छन् । यसबाट भएन भने यो प्रकरणलाई अन्तराष्ट्रियकरण गर्ने विकल्प पनि खुलैछ ।
यो चाहिं दोस्रो विकल्प मात्रै हो । सकेसम्म द्विपक्षीय वार्ता गरेर नै भारतलाई सहमत गराउनु उपयुक्त हुनेछ । तर चर्का कुरा गरेर हैन, व्यवहारमा उतार्ने सामथ्र्य देखाउनुपर्छ ओली सरकारले । त्यसो नगर्ने हो भने यो पनि नयाँ फण्डाकै रुपमा ओली कार्ड मान्नुपर्ने हुन्छ । जेसुकै भएपनि ढिलै किन नहोस् नेपालको यर्थाथ नक्शा बनाएर स्याबासीको काम भएको छ तर नारामा क्रान्तिकारी व्यवहारमा चाहिं लम्पसारवादी चरित्र हो की होइन, त्यसको परीक्षण अब हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
पर्यटक नभएपछि अध्यागमन कार्यालय तीन वर्षदेखि सुनसान
चैत १६, २०८० शुक्रबार
सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चैत १६, २०८० शुक्रबार
पोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य संघको जिल्ला यात्रा
चैत १६, २०८० शुक्रबार
सुनको मूल्यमा नयाँ रेकर्ड, १ लाख ३० हजारमा कारोबार
चैत १६, २०८० शुक्रबार
अग्नी रेखा निर्माण गर्दै उपभोक्ता
चैत १६, २०८० शुक्रबार
सगरमाथा क्षेत्रमा याकमार्फत सामान ढुवानी
चैत १६, २०८० शुक्रबार