वालिङका कृषकलाई १४ हजार माछा भुरा वितरण
नेपालबहस संवाददाता
जेठ १४, २०७७ बुधबार २३:४५:९
प्रकाश डोटेल
१४ जेठ, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका क्षेत्रका माछापालक कृषकलाई अनुदानमा माछाका भुरा वितरण गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु बिज्ञकेन्द्र स्याङ्जाको सहयोगमा वालिङ नगरपालिका पशु सेवा शाखाको समन्वयमा वालिङ नगरपालिका क्षेत्रका ८ जना माछापालक कृषकलाई अनुदानमा १४ हजार कमन कार्प जातका माछाका भुरा वितरण गरिएको हो ।
पशु शाखाले नगरपालिका क्षेत्रका व्यवसायिक फर्महरुलाई मागका आधारमा अनुदानमा माछाका भुरा अनुदान दिएको वालिङ नगरपालिका पशु शाखा प्रमुख देवकुमारी श्रेष्ठले जानकारी दिईन् । नगरमा माछापालनलाई ब्यवसायिक रुपमा अगाडि बढाएका फर्महरुलाइे मागका आधारमा अनुदानमा माछाका भुरा उपलब्ध गराएका उनले बताईन् ।
लकडाउनका समयमा माछाका भुराहरु ल्याउन समस्या हुने भएकाले पशु शाखाको समन्वयमा माछाका भुरा ल्याएको नगरपालिकाले जनाएको छ । लकडाउनमा नगरपालिकाले मौसमी तथा बेमौसमी तरकारी खेति गर्ने कृषकलाई समेत बिउ उपलब्ध गराएको छ ।
नगरपालिका क्षेत्रमा रहेका तमु बोनिजम कृषि पशु तथा मत्स्यपालन फर्मलाई दुई हजार, अर्बान कृषि फर्मलाई दुई हजार, आँधीखोला शहर माछापालन उद्योगलाई पाँच हजार, घ्वाङखोला शिव पार्वती मन्दिर तथा पार्कलाई एक हजार, सम्भव कृषि फर्मलाई एक हजार, आँधीखोला एग्रोफर्मलाई दुई हजार र रोहित कृषि तथा पशुपालन फर्मलाई एक हजार गरी चौध हजार कमन कार्प जातका माछाका भुरा अनुदान वितरण गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार