सुनको कारोवार मूल्य तोकेपछि उपभोक्ता अन्योलमा
नेपालबहस संवाददाता
जेठ १४, २०७७ बिहिबार ०:५४:४६
१४ जेठ, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घबीच आपसी तालमेल नहुँदा सुनचाँदी बजारमा अन्योल देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ‘लकडाउन’का कारण नयाँ मूल्य तोक्न नसकेको स्पष्ट पारिरहँदा आज एक्कासि नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले सुनको कारोवार मूल्य तोकेपछि बजार तथा उपभोक्तामा अन्योल देखिएको हो ।
सुनचाँदी व्यवासायी महासङ्घले सरकारले कोभिड–१९ को महामारी फैलन सक्ने भन्दै देशव्यापी लकडाउन गरेका कारण नयाँ मूल्य तोक्न नसकिएको प्रष्टीकरण दिएको छ । सामान्यतयाः नेपाल सुनचाँदी व्यवसायी महासङ्घले नेपालमा सुन तथा चाँदीको दैनिक मूल्य निर्धारण गर्ने गरेको छ ।
महासङ्घका तर्फबाट नयाँ कारोबार मूल्य निर्धारण नहुँदै एकाएक आभूषण महासङ्घले मूल्य सार्वजनिक गरेपछि व्यवसायीका साथै उपभोक्ता पनि अन्योलमा परेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले रत्न तथा आभूषण महासङ्घका तर्फबाट सुनचाँदीको मूल्य सार्वजनिक भएसँगै बजारमा अन्योल सिर्जना भएको बताए । “सरकारले कोरोना भाइरस रोकथामका लागि लकडाउन गरेको छ, लकडाउनमा अत्यावश्यकबाहेकका सबै व्यापार व्यवसाय बन्द छन्”, उनले भने, “दरभाउ निकाल्ने विषयमा आभूषण महासङ्घकातर्फबाट जानकारी माग भएको थियो, हामीले सरोकारवालासँग छलफल गरेर तय गरौँला भन्यौँ, तर उनीहरुले मूल्य तोकिदिएछन ।”
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्र बैंकलगायत सरोकारवाला निकायसँगको परामर्शमा सुनको भाउ तय गर्ने तयारी गरिएको उनले बताए। अध्यक्ष सुनारले जिल्ला जिल्लाबाट व्यवसायीले नयाँ मूल्य तोकेर दिन आग्रह गर्दै आएको पनि जानकारी दिए । सुनचाँदी व्यवसायी महासङ्घले विज्ञप्ति जारी गरेरै लकडाउन शुरु भएयता अन्य व्यवसायजस्तै सुनचाँदी व्यवसाय पनि बन्द रहेको र यस अवधिमा दर प्रकाशन नभएको जनाएको छ । महासङ्घले अर्को सूचना प्रकाशित नभएसम्म दैनिक दरभाउ प्रकाशन नगर्ने पनि स्पष्ट पारेको छ ।
यता नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले अन्तराष्ट्रिय बजार भाउअनुसार सुनचाँदीको बजार मूल्य धेरै फरक भइसकेको अवस्थामा दुई महिनादेखि पुरानै बजार भाउले उपभोक्तामा अन्योल सिर्जना गरेकाले नयाँ दरभाउ तोकिएको जिकिर गरेको छ ।
महासङ्घको यही जेठ १२ गतेको कार्यसमिति बैठकले अन्तराष्ट्रिय बजार मूल्यलाई आधार लिई सुनचाँदीको मूल्य कायम गरी प्रकाशन गर्ने निर्णय भएअनुसार नै आजदेखि नयाँ मूल्य सार्वजनिक गरिएको महासचिव कृष्णलाल महर्जनले जानकारी दिए । रत्न तथा आभूषण महासङ्घले आजका लागि तेजाबी सुनको मूल्य प्रतितोला रु ८६ हजार १०० र चाँदीको मूल्य प्रतितोला रु ८९० निर्धारण गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकार महिला सशक्तीकरणको पक्षमा छः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु
चैत १६, २०८० शुक्रबार
निजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार
पर्यटक नभएपछि अध्यागमन कार्यालय तीन वर्षदेखि सुनसान
चैत १६, २०८० शुक्रबार
सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चैत १६, २०८० शुक्रबार
पोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य संघको जिल्ला यात्रा
चैत १६, २०८० शुक्रबार