महाङ्काल र वाग्मती गाउँपालिकामा हावाहुरीले क्षति
नेपालबहस संवाददाता
जेठ १४, २०७७ बिहिबार १:२३:४१
१४ जेठ, ललितपुर । ललितपुरको महाङ्काल र वाग्मती गाउँपालिकामा मङ्गलबार आएको हावाहुरीले क्षति पु¥याएको छ । महाङ्कालका ६ वडामध्ये आँधीले वडा नं ६ ठूलादुर्लुङमा मात्र रु ४० लाखबराबरको अन्न र मकैबालीमा क्षति पु¥याएको वडाध्यक्ष रामकृष्ण आचार्यले बताए । उनले भने, “हावाहुरीले बारीका मकैका साथै ज्वालादेवी आधारभूत र महेन्द्र माध्यमिक विद्यालयको छानो तथा १५ वटा निजी घरका छाना उडायो ।”
ठूलादुर्लुङमा ९० प्रतिशत मकैबाली सखाप भएको आचार्यले बताए । उनले थपे, “वडामा दुई लाखबाराबरको केराखेती नष्ट, ३० वटा तरकारीका टनेलमा पूर्णरुपमा क्षति पुगेको छ, लालबहादुर रुम्बाका परिवार विस्थापित हुन पुगेका छन् ।”
वाग्मतीको वडा नं ७ गिम्दीमा हावाहुरीले क्षति पु¥याएको छ । गिम्दीको कटुवा, बेसी, मगरगाउँ, बाँजगाउँ, थुम्की, शुभानेलगायत क्षेत्रमा जस्ताका टहरा उडाउँदा बसोबासमा समस्या उत्पन्न भएको स्थानीयवासी कृष्ण बलले बताए । उनले भने, “यहाँका ७० प्रतिशत बारी र खेतमा उत्पादन भइरहेका मकैबाली नष्ट भएका छन् ।”
हावाहुरीले महाङ्कालको वडा नं ३ गोटीखेलपारि वडा नं ४ कालेश्वर तथा ६ ठूलादुर्लुङ र वाग्मतीको वडा नं ४ प्युटार, वडा नं ५ इकुडोल, वडा नं ६ आश्राणका साथै ७ गिम्दीमा विद्युतीय सेवा क्षति भई बन्द भएको दक्षिण ललितपुर विद्युत् सहकारीका अध्यक्ष गोविन्द बजगाईंले बताए ।
ललितपुरको लगनखेल बसपार्कबाट ठूलादुर्लुङ सबैभन्दा टाढा ७५ किलोमिटर र गिम्दी ७० किलोमिटरमा अवस्थित छ । कोञ्ज्योसोम, महाङ्काल र वाग्मतीमा रहेका १८ वडामध्ये ठूलादुर्लुङ विशेषगरी कफीको पकेट क्षेत्रका रुपमा चिनिन्छ । ठूलादुर्लुङको कफी अमेरिका, अष्ट्रेलिया, जापान, होल्याण्ड निर्यात हुने गरेको स्थानीयवासी दीपकप्रसाद घिमिरेले बताए । ठूलादुर्लुङ र गिम्दीका ९९ प्रतिशत कच्चीघरमा जस्ताको छानो हालिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार