रुकुम पश्चिम हत्या प्रकरण : थप ६ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ १५, २०७७ बिहिबार १९:१२:५५
१५ जेठ, रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ८ सोती गाउँमा गत शनिबार भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ ।
यो संगै सोती घटनाबारे अनुसन्धान गर्न पक्राउ पर्नेको संख्या १८ पुगेको रुकुम प्रहरीले जानकारी दिएको छ । पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पीडित पक्षले २० जनाको नाममा किटानी जाहेरी दिएका छन् । यसअघि १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो । जाहेरीमा उल्लेख भएका थप दुई जनाको खोजी भइरहेको रुकुम पश्चिम प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा चौरजहारी नगरपालिका ८ का ४२ वर्षीय इन्द्रबहादुर मल्ल, १९ वर्षीय दीपेन्द्र चन्द, ३५ वर्षीय तिलक चन्द, ४६ वर्षीय हर्कबहादुर मल्ल, ४५ वर्षीय लिपेन्द्र मल्ल र २० वर्षीय विनोद मल्ल रहेका छन्
चौरजहारी– ८ सोतीगाउँकी किशोरीलाई विवाह गर्न भनी आएका भनिएका जाजरकोट भेरी नगरपालिका– ४ रानागाउँका २१ वर्षीय नवराज विक र उनीसँगै १८ जनाको समूहमा आएकाहरूलाई गाउँलेले आक्रमण गर्दै लखेटेका थिए ।
आक्रमण भएपछि सबै भागेका थिए । आक्रमणपछि वेपत्ता भएका ६ जनामध्ये नवराज विक, भेरी नगरपालिका– ४ रानागाउँका गणेश बुढा, चौरजहारी– १ का टीकाराम सुनार र भेरी नगरपालिका– ११ जाजरकोटका लोकेन्द्र सुनारको भेरी नदीमा शव फेला परेको छ । दुईजना अझै बेपत्ता छन् ।
बेपत्ता भएका भेरी नगरपालिका– ४ का १८ वर्षीय सञ्जु विक र १७ वर्षीय गोविन्द शाहीको भेरी नदीमा खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको नेपालन्जबाट आएको तालिमप्राप्त गोताखोरको टोली परिचालन भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार