कोरोना शङ्कास्पद युवकको कोरोना जाँच रिपोर्ट नेगेटिभ
नेपालबहस संवाददाता
जेठ १५, २०७७ बिहिबार १९:२६:३८
१५ जेठ, बागलुङ । कोरोनाको शङ्कास्पद लक्षण देखिएपछि धवलागिरि अस्पतालको आइसोलेसनकक्षमा उपचाररत बागलुङ नगरपालिका–१३ का २३ वर्षीया युवकको कोरोना जाँच रिपोर्ट नेगेटिभ आएको छ ।
मङ्गलबार भारतबाट आएका उनहाँलाई उच्च ज्वरो र जीउ दुख्ने समस्या भएपछि सोही दिन साँझ आइसोलेसनमा भर्ना गरिएको थियो । कोरोना आशङ्कामा स्वाब सङ्कलन गरी जाँचका लागि पोखरास्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
बुधबार साँझ गरिएको जाँचमा कोरोना नलागेको पुष्टि भएको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले जानकारी दिए । नेगेटिभ रिपोर्ट आएसँगै उनलाई बागलुङ नगरपालिका–१ स्थित क्वारेन्टिनमा पठाइएको छ ।
युवकको स्वास्थ्य अवस्था सामान्य रहेको र ज्वरो पनि हटेको अस्पतालले जनाएको छ । भारतबाट आएको हुनाले १४ दिन क्वारेन्टिनमा राखेर उनलाई घर पठाइने भएको छ । उनको पाँच दिनपछि पुनः कोरोना जाँच गरिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेलबाट अस्पताल पुर्याइएका रायमाझीको मुटुको चाल कम
चैत १५, २०८० बिहिबार
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश, रिट जारी
चैत १२, २०८० सोमबार
चुनौती बन्दै क्षयरोग, नेपालमा ७० हजार बढी विरामी
चैत ११, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार