वाग्मती गाउँपालिकामा व्यापकरूपमा फौजी किराको प्रकोप
नेपालबहस संवाददाता
जेठ १५, २०७७ बिहिबार १९:४२:२५
१४ जेठ, ललितपुर । दक्षिण ललितपुरको वाग्मती गाउँपालिकामा व्यापकरूपमा फौजी किराको प्रकोप देखिएको छ । यस किराले वनजङ्गल भएको क्षेत्रमा बढी स्वामित्व जमाउने हुँदा यहाँको मकैबालीमा क्षति पु¥याएको देखिन्छ ।
वाग्मतीमा रहेका सात वडामध्ये वडा नं २ माल्टा, ४ प्युटार र ६ आश्राङमा फौजी किराको प्रकोप व्यापक देखिएको गाउँपालिका कृषि विकास शाखा प्रमुख सुवास खनालले बताए । उनले भने, “यी तीनवटा वडामध्ये प्युटारमा रोपिएका धेरै मकैबाली किराले खाएको छ । प्युटारको लगभग ९०० रोपनी तथा माल्टा र आश्राङमा पाँच–पाँच सय रोपनी जमिनमा क्षति पु¥याएको छ । यी वडाका हरेक किसानको बारीमा १० देखि १५ प्रतिशत मकैमा क्षति भएको खनालले जानकारी दिए ।
सो किराले मकैको गुभो खाइदिने तथा मकैको बोटमा लागेको धानचमरा खाइदिने र एकपल्टमा १०० देखि २०० अण्डा पार्ने हुँदा मकैबालीका लागि घातक हुन्छ । वाग्मतीमा हाल तीनथरिका मकैबाली उत्पादन भइरहेको छ । “एकथरिको मकै पहिलोपटक गोडिएको, दोस्रोथरिको मकै मान्छेको कम्मरसम्म आइपुग्ने र तेस्रोथरिको मकै भने धानचमरा लागिसकेको छ”, खनालले थपे, “हामीले यस रोग नियन्त्रणका लागि कृषि ज्ञान केन्द्र ललितपुरसँग समन्वय गरी समस्या समाधान गर्ने भएका छौँ ।”
मकैबालीमा समस्या देखिएको गुनासो गाउँपालिकाको कार्यालयमा आएसँगै आफूहरुले गएर केही टोलमा विषादी र स्प्रे वितरण गरिसकेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले बताए । उनले भने, “हामीले छिट्टै यस समस्याको समाधान गर्न छलफल अघि बढाइरहेका छौँ ।” यहाँका जनप्रतिनिधिले गाउँपालिकामा देखिने जुनसुकै समस्या समाधान गर्ने प्रतिबद्धता लिएसँगै बिनाचिन्ता बस्न लोप्चनले जनतालाई आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
छोरीको फिल्म 'किंग'मा शाहरुख खान डनको भुमिकामा देखिने
बैशाख १२, २०८१ बुधबार
१४ तल्ले भवन भित्र बसेको अमेरिकाको एउटा शहर !
बैशाख १२, २०८१ बुधबार
चीनका झण्डै आधा प्रमुख शहरहरूमा भासिने समस्या
बैशाख १२, २०८१ बुधबार
उपभोक्ता हितसंरक्षणमा स्याङ्जा प्रशासनले बढायो निगरानी
बैशाख १२, २०८१ बुधबार
संयुक्त राष्ट्र प्रमुखद्वारा सन् २०२५ सम्म जलवायु कार्यका लागि विश्वव्यापी नेता परिचालन
बैशाख १२, २०८१ बुधबार
बैंकिङ्ग कसुरमा फरार करुणा शाही पक्राउ
बैशाख १२, २०८१ बुधबार