सलामीतन्त्र हुँदै गणतन्त्रकाे मलामी तन्त्रसम्म
नेपालबहस संवाददाता
जेठ १५, २०७७ बिहिबार २१:२४:२५
नेपालबहस टिप्पणी
यज्ञप्रसाद भट्टराई
१५ जेठ, काठमाडौं । मुलुकको पछिल्लो राजनैतिक परिवर्तन भएकोसमेत १२ बर्ष पार गरिसकेको छ । राजनैतिक परिवर्तनले मुलुकमा के कस्तो परिवर्तन ल्यायो भनेर अम्ला भाँचेर गन्दा खाँसै अम्लाहरुको संख्या गणनामा आउने छाँट देखिदैन । राम्रा कामहरुको सीमारेखालाई गलत कामका लावालस्करले सूर्यमा ग्रहण लागे झै छेकिने भए पछि जनताले ल्याएको गणतन्त्र जनतालाई नै घाँडो हुन थालेको आभास देखिन थालेको छ ।
गणतन्त्र पछिका बर्षहरुमा एक पछि अर्को छाडातन्त्र, वाइडवडीतन्त्र, लुटतन्त्र, बलात्कार र सुन तस्करीतन्त्र, सुनलाई पित्तत बनाउने मन्त्र, बिनाकारण जनतालाई भुटतन्त्र, राजनीतिमा हेर्नै नसकिने गरिको लाजतन्त्र, हेर्ने नसकिने घिनतन्त्र, किसिम किसिमका अपराधीतन्त्र, थाम्नै नसक्ने गरिका भ्रष्टचारतन्त्र, जनताले पचाउनै नसक्ने सलामीतन्त्र हुँदै गणतन्त्रको मलामी तन्त्रसम्म आईपुगिने त हैन ? जेपी गुप्ता, चिरन्जीवी वाग्लेदेखि लिएर गाेकुलप्रसाद बाँस्काेटासमेतले गणतन्त्रकाे खाेल ओढेकै भरमा भ्रष्टाचार शिरोमणीको उपाधी पाए । गाउँपालिका र नगरपालिका नाम गरे पनि वास्तवमा सोझा नागरिकका लागि राज्यका यि संरचनाहरुले कर पालिकाको उपाधि जितेका छन् ।
यातायात व्यवसायीदेखि तरकारी व्यवसयीसम्मले सिन्डिकेट चलाइरहेका छन् । क्याबात् ! गणतन्त्र, त्रीभूवन विश्वविद्यालयदेखि देशभर संचालनमा रहेका विश्वविद्यालयमा गणतन्त्रको खोलओढेकाको रजगज छ । यदि गणतन्त्रको खोल ओढेन भने प्राज्ञिक व्यक्तिले पनि अवसर नपाउने । सेक्युरीटी प्रेस खरिदकाण्डको के कुरा गर्ने । खुलमखुल्ला बार्गेनिङ । विभिन्न विधेयक जारी गरेर प्रजाका अधिकार खोस्ने गणतन्त्रवाद अब भाे चाहिएन । गणतन्त्रकै अर्को विशेषता युनिभर्सल पिस फाउन्डेसनद्वारा काठमाण्डौंमा आयोजित एसिया प्यासिफिक समिटमा प्रधानमन्त्री केपी ओलीको अर्को छलाङ । एनसेलको करकाण्डले झण्डै गणतन्त्रवादीको सातो खाएन । हरे शिव ! गणतन्त्र । हुँदा–हुँदा अहिले आएर सीमा विवादमा फसेको छ । बुद्धिमत्त भन्दा बलमत्त भएपछि गणतन्त्रको नयाँ विशेषता के लेखौं खै । सरकार र यसका नेतृत्व काण्ड घटाउने । आम नागरिकले गणना गरेर गरिनसक्नु काण्ड सुन्न र देख्नु भनेको कतै गणतन्त्र त हैन ? गणतन्त्रकै गोठालाहरुले जनताले ल्याई दिएको गणतन्त्रलाई आफैं घाटसम्म लिएर जाने त हैनन ? भन्ने कुरामा भने अहिले आएर जन स्तरबाट आशंका गर्न थालिएको छ ।
कथंकदाचित अहिलेको जस्तो राज्यसत्ताको रईफाँडो गरेर राज्यको ढुकुटीमा दाँई गर्न नपाउने अवस्था सृजना हुने हो भने यि अरिङ्गालका नाईकेहरुले अहिलेको गणतन्त्रलाई पनि हिजोको देशमा टुसा पलाउँदै गरेको प्रजातन्त्रलाई टुकुचामा लगेर मिल्क्याए झै कतै गणतन्त्र नामको शासन व्यवस्थालाई पनि बिष्णुमतिमा लगेर दाह संस्कार त गर्दैनन ? नागरिकमा अझै पनि दर्बिलो भरोसा प्रदान गर्ने खालको ब्यवहार अहिलेका गणतन्त्रवादीहरुले देखाउन सकिरहेका छैनन् ।
जनताको आफ्ना अभिमत लेख्न पाउने अधिकारमासमेत बन्देज लगाउँदै हिरण्य कश्यप जस्तै अगाडि बढीरहेको गणतन्त्रका मालिकहरुलाई फेरि किन नागरिकले हर्ष बढाई गरिदिनुपर्ने ? किन मैनबत्ति बालेर दिपावली गरिदिनुपर्ने ? गणतन्त्रका हिमायति शासकहरुको नागरिक माथिको बर्बर दमनको यो नाङ्गो नाँचलाई अझै कति दिन नागरिकले सहिदिनुपर्ने ? भ्रष्टाचारीका नभरिएका लोभका थैला कहिलेसम्म नागरिकले भरि दिनु पर्ने ? नेतालाई ससुराली जाने बाटो खनिदिनकै लागि अझै कति नेपाली जनताले यिनिहरु कै लागि मरिदिनु पर्ने ??
विदेशीको ईशारामा छिन छिनमा रङ्ग फेर्ने यस्ता बहुरुपी मानवका पछि लागेर जनताले अहिले पाउनुसम्म दुःख पाईरहेका छन् । सामान्य भन्दा सामान्य काम गराउन पनि जनताहरु यिनीहरुकै मुकाम धाईरहेका छन् । जस जसले बिगौति खान पाए उनिहरुले चाहीँ यिनै अपराधिहरुको गुणगान गाईरहेका छन् । देश र जनताका समस्या ज्यूँ का त्यूँ छन् । ३० बर्ष भन्दा बढी शासन सत्ता सम्हालेका नेताहरु नै अहिले आएर आफैले लगाएको बाली फल्दैन कि भन्ने चिन्तामा छन् । अर्कैको ईशारामा चल्ने देशका नेता भए पछि जनताले चाहे अनुरुपको परिवर्तनको आभाष पाउन अझैसम्म पनि सकिरहेका छैनन् । अहिलेको राज्यको अर्थ व्यवस्था र बिकासको गति हेर्ने हो भने देशले बिनाकारण तिसौं बर्ष खानुसम्म घाटा खाएको छ । जनताले बिनाकारणको पाउनुसम्म दुःख पाएको छ ।
जनतालाई विदेशी ऋणको भारी बोकाएर नेता भनाउँदाहरु आफु गणतन्त्रे सलामीमा रमाउनु मात्रै गणतन्त्रको उपलब्धि हो भने भो यस्तो गणतन्त्र चाहिएन भनेर नागरिकले भन्न पाउने कि नपाउने ? हिजो नागरिकले नै सडकमा आएर, राज्यसत्ताको तातो गोलि खाएर, अंग भंग भएर, ल्याईदिएको गणतन्त्रलाई अहिलेका नेता भनाउँदा ब्वाँसाहरुले गरिखाने भाँडो मात्रै बनाएका तथाकथित गणतन्त्रका हिमायतिहरुलाई बास्तवमा सर्वसाधारण नागरिकलाई यो गणतन्त्रले के दियो ? भनेर सोध्नसम्म पनि पाउने कि नपाउने ?
नागरिकको बोल्न पाउने अधिकारमाथि प्रतिबन्ध लगाउँदै, जनताको आफ्ना अभिमत लेख्न पाउने अधिकारमासमेत बन्देज लगाउँदै हिरण्य कश्यप जस्तै अगाडि बढीरहेको गणतन्त्रका मालिकहरुलाई फेरि किन नागरिकले हर्ष बढाई गरिदिनुपर्ने ? किन मैनबत्ति बालेर दिपावली गरिदिनुपर्ने ? गणतन्त्रका हिमायति शासकहरुको नागरिक माथिको बर्बर दमनको यो नाङ्गो नाँचलाई अझै कति दिन नागरिकले सहिदिनुपर्ने ? भ्रष्टाचारीका नभरिएका लोभका थैला कहिलेसम्म नागरिकले भरिदिनुपर्ने ? नेतालाई ससुराली जाने बाटो खनिदिनकै लागि अझै कति नेपाली जनताले यिनिहरु कै लागि मरिदिनुपर्ने ??
देश विकासको चाहना भएका नागरिकहरुले पनि गणतन्त्र आए पछि स्वतः विकास हुने ठानेर यिनै दलका नेतालाई आफ्नो अमूल्य भोट दिए । जनताको मतलाई देश विकासमा लगाउनको सट्टा राजनैतिक दलका नेताहरुले चुनावमा भएको खर्च असुल उपर गर्ने कम्पनीका रुपमा लिए । जनतालाई थेग्नै नसक्ने गरिको करको भारी बोकाई दिए ।
गणतन्त्र दिवशकै मुख पारेर रुकुममा गरिएको बर्बर मानवीय बितण्डाको रमिते बनेको सरकारले कस्तो गणतन्त्रको मधुरसमा नागरिकलाई पौडी खेलाई रहने हो ? निर्मला पन्तका हत्यारा र बलात्कारीलाई सजायको कठघरामा उभ्याउन नसक्ने लाचार सरकारको कति दिन गुणगान गाई रहनु पर्ने ? यसको पनि न्यायोचित छलफल र बहस आजको गणतन्त्र दिवसले गरोस् । बलात्कारीलाई खोकिलामा राखेर हत्यारालाई राज्यको शासन सञ्चालनको उपल्लो दर्जामा पुर्याएर जनता आफैले आफ्नो खुट्टामा बन्चरो प्रहार गर्न लालायित भए पछि शासक वर्गबाट पाउने गणतन्त्रको प्रतिफल यो भन्दा मिठो कस्तो खोज्नु र खै ??
जनताको दशकौंको बलिदानीबाट प्राप्त गणतन्त्रबाट देश विकासको महाअभियान थालनी हुन्छ भनेर सोचेका थिए । देश विकासको चाहना भएका नागरिकहरुले पनि गणतन्त्र आए पछि स्वतः विकास हुने ठानेर यिनै दलका नेतालाई आफ्नो अमूल्य भोट दिए । जनताको मतलाई देश विकासमा लगाउनको सट्टा राजनैतिक दलका नेताहरुले चुनावमा भएको खर्च असुल उपर गर्ने कम्पनीका रुपमा लिए । जनतालाई थेग्नै नसक्ने गरिको करको भारी बोकाई दिए । बयल गाडा चढेर अमेरिका पुगिंदैन भन्ने दार्शनिकलाई शासन सत्ता सुम्पिएर जनताले फेरि एक पटक जीवनमा कहिल्यै नपाएको र नभोगेको दुःख पाए ।
जनतामा अझै पनि आशा मरिसकेको छैन । हिजो भएका गल्ती कमजोरीहरुबाट पाठ सिकेर अब आउने दिनमा जनताका पक्षमा काम गर्न सके राजनैतिक दलहरु प्रति नागरिकको विश्वास फर्काउन सकिन्छ भन्ने कुरामा विश्वास दिलाउन सकिन्छ । तर राजनैतिक दलहरु अझै पनि नसुध्रिने हो भने र जनताका पक्षमा काम नगर्ने हो भने जनताले अब बिस्तारै व्यवस्थाको विकल्प खोज्न पछि पर्दैनन् भन्ने कुरामा आम राजनैतिक दलहरुले लिन जरुरी छ । जनताले ल्याएको गणतन्त्र दिवसको उपलक्षमा हाम्रो पनि हार्दिक शुभकामना ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार