गण्डकीमा सङ्क्रामक र सरुवा रोग अस्पतालको तयारी
नेपालबहस संवाददाता
जेठ १५, २०७७ बिहिबार २१:१२:४
१५ जेठ, पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशमा सङ्क्रामक र सरुवा रोगको महामारीविरुद्ध लड्न अत्याधुनिक प्रविधिसहितको सुविधा सम्पन्न अस्पताल स्थापना र सञ्चालनको तयारी गरेको छ ।
सरकारको आर्थिक वर्ष २०७७/७८ को विनियोजन विधेयक, बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता बुधबार प्रदेशसभामा प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सङ्क्रामक तथा सरुवा रोग अस्पतालको स्थापना र सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिने जानकारी दिए । प्रदेशभित्र मुटु, मिर्गौला, क्यान्सर, मातृ तथा बालरोगसम्बन्धी विशिष्टीकृत अस्पताल निर्माण गर्ने कार्यक्रमलाई निरन्तरता दिइने मन्त्री गुरुङले बताए ।
प्रदेश मातहतका जिल्ला अस्पतालमा तीनदेखि पाँच श्ययाको सघन उपचार कक्ष ‘आइसियु’ को स्थापना गर्ने कार्यक्रमलाई निरन्तरता दिन बजेट सुनिश्चित गरिने उल्लेख गर्दै उनले जिल्ला अस्पतालको थप सेवा तथा श्यया विस्तार गर्न पनि आवश्यक बजेट विनियोजन गरिने जानकारी दिए ।
सरकारले प्रदेशका समग्र स्वास्थ्य क्षेत्रको सुदृढीकरण गर्न प्रदेशका सबै अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा एवं स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार विकास, औषधि सामग्री खरिद र उपलब्धता तथा दक्ष जनशक्तिको व्यवस्थापन एवं क्षमता अभिवृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिइने र प्राथमिकताका आधारमा नागरिकको स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिने जनाएको छ । मन्त्री गुरुङका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशाला र प्रदेश मातहतका प्रयोगशालाको पूर्वाधार विकास, आवश्यक उपकरण जडान, दक्ष जनशक्तिको व्यवस्थापन तथा क्षमता अभिवृद्धि गर्ने कार्यक्रमलाई जोड दिइनेछ ।
प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य तालिम केन्द्र, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र र जिल्ला स्वास्थ्य कार्यालयका कार्यक्रमलाई प्रभावकारी बनाइने उल्लेख गर्दै मन्त्री गुरुङले प्रदेशलाई पूर्ण खोपयुक्त प्रदेशका रुपमा कायम राख्न प्रदेश खोप कोषमा थप बजेट विनियोजन गरिने जानकारी दिए । गर्भवती, शिशु, बालबालिका र किशोरीको स्वास्थ्य तथा पोषण स्थितिमा सुधार ल्याउन बहुपक्षीय पोषण सुधार कार्यक्रमका लागि बजेट विनियोजन गर्ने सरकारको तयारी छ ।
समग्र स्वास्थ्य प्रवद्र्धनका लागि समुदायस्तरमा स्वास्थ्य साक्षरता कार्यक्रम सञ्चालन, अति दुर्गम र दुर्गम क्षेत्रका स्वास्थ्य जटिलतामा रहेका गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुको जीवन रक्षाका लागि समयमै सुविधा सम्पन्न अस्पतालसम्म पु¥याउन एयर लिफ्टिङ कार्यक्रमलाई निरन्तरता दिइने मन्त्री गुरुङले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
उपभोक्ता हितसंरक्षणमा स्याङ्जा प्रशासनले बढायो निगरानी
बैशाख १२, २०८१ बुधबार
‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज सार्वजनिक बिदा
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
मटिहानीमा आगोले बस्ती नै सखाप, ११० घर जले
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
बैशाख १२, २०८१ बुधबार
सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : पीडित अझै अस्थायी टहरामा
बैशाख १२, २०८१ बुधबार