पहिलोपटक म्याग्दीमा एक जनामा कोरोनाको पुष्टि
नेपालबहस संवाददाता
जेठ १६, २०७७ शुक्रबार १५:६:३६
१६ जेठ, म्याग्दी । म्याग्दीमा पहिलोपटक बिहीबार एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मालिका गाउपालिका–२ रुमका ३० वर्षीय युवालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । बेनीको न्यूवेष्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टिनमा रहेका पुरुषको पोखरास्थित क्षेत्रीय प्रयोगशालामा स्वाब परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।
“सङ्क्रमितलाई शैक्षिक तालिम केन्द्रमा स्थापना भएको आइसोलेसनमा लगिएको छ”, उनले भने, “बिहीबार बिहान १४ जनाको स्वाब पोखरा पठाइएकामा परीक्षण गर्दा एक जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।” कोरोना सङ्क्रमित युवा जेठ ९ गते सुनौलीनाका हुँदै भारतबाट बेनी आएका थिए । उनी र सँगै आएकालाई सिधैँ क्वारेन्टिनमा लगेर राखिएकाले ‘ट्राभल हिस्ट्री’ देखिएको छैन ।
उनी बागलुङको बडीगाड र तमानखोला गाउँपालिकाका कोरोना सङ्क्रमितसँगै एउटै बसमा आएका थिए । म्याग्दीमा बिहीबारसम्म भारतबाट आएका ८५ लाई क्वारेन्टिनमा राखिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए। कोरोना सङ्क्रमण परीक्षणका लागि बिहीबार म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका २९ को स्वाब सङ्कलन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ
बैशाख ८, २०८१ शनिबार
मनाङ आउने पर्यटकको रोजाइमा 'होमस्टे'
बैशाख ८, २०८१ शनिबार
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
बैशाख ८, २०८१ शनिबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार