अमेरिकामा कार्यालयहरु खुला गर्न नयाँ निर्देशिका जारी
नेपालबहस संवाददाता
जेठ १६, २०७७ शुक्रबार २१:५३:१
१६ जेठ, एजेन्सी । कार्यस्थलमा कोरोना भाइरस फैलिनबाट रोक्ने उद्देश्यले अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र ‘सिडिसी’ ले शुक्रबार नयाँ नियमहरु समेटिएको निर्देशिका सार्वजनिक गरेको छ ।
प्रस्तावित निर्देशिकामा कार्यालय पुग्नासाथ कर्मचारीहरुले कोविड–१९ का लक्षणहरु भए नभएको परीक्षण गराउनु पर्ने उल्लेख छ । उनीहरुले कार्यालयमा प्रवेश गर्नुअघि आफ्नो शरीरको तापक्रम जाँच्नु पर्नेछ । दोस्रो, कार्यालयमा कार्यस्थलका डेस्कहरु कम्तीमा ६ फिटको दूरीमा राख्नु पर्नेछ ।
यदि ६ फिटको दूरी कायम गर्न नसकिए आआफ्ना डेस्कहरुको वरिपरि कडा प्लास्टिक ठड्याउनु पर्नेछ । तेस्रो, कोरोना भाइरस संक्रमणबाट बच्न कार्यालयका खुला स्थानहरुमा बस्दा निश्चित दूरी कायम गर्नुपर्नेछ । पटकपटक छुनुपर्ने सामानहरु जस्तै कफीका भाँडा, पानी चिस्याउने उपकरण, साझा खाजाहरु अलग अलग हुनुपर्ने व्यवस्था गर्न निर्देशिकामा भनिएको छ ।
कार्यालयका लिफ्ट चढ्दा आलोपालो गर्ने वा सकभर प्रयोग नगर्नेतर्फ ध्यान दिन सिडिसीले जोड दिएको छ । अमेरिकाका कतिपय राज्यहरुले महिनौंदेखि जारी कडा लकडाउन हटाउनेतर्फ कार्य गरिरहेकै अवस्थामा सिडिसीले नयाँ नियम सार्वजनिक गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि
बैशाख ६, २०८१ बिहिबार
दुबईमा भीषण बर्षा, जनजीवन अस्तब्यस्त
बैशाख ६, २०८१ बिहिबार
भारतमा निर्मित आईफोनको निर्यात एकै वर्षमा दोब्बर
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
कम्बोडियालाई पराजित गर्दै युएई सेमिफाइनलमा
बैशाख ५, २०८१ बुधबार
लुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद्, सात जनाले आज लिए शफत
बैशाख ६, २०८१ बिहिबार
शरदसिंह भण्डारी मन्त्री हुँदा गरेका तीन विवादस्पद निर्णय श्रममन्त्री अर्यालद्वारा खारेज
बैशाख ६, २०८१ बिहिबार
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त
बैशाख ६, २०८१ बिहिबार
मधेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ
बैशाख ६, २०८१ बिहिबार
अनमोलको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक
बैशाख ६, २०८१ बिहिबार
सांसद डा. शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
बैशाख ६, २०८१ बिहिबार