बोर्लाङबाट अवैध काठसहित पाँच जना पक्राउ
नेपालबहस संवाददाता
जेठ १६, २०७७ शुक्रबार २२:१६:४८
१६ जेठ, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङबाट अवैध काठसहित पाँच जना पक्राउ परेका छन् । ग१त ३८७३ र ग१त ६२२८ नंको दुई ट्र्याक्टरमा लोड गरी सदरमुकामतर्फ लैजाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको डिभिजिन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिए ।
पक्राउ पर्नेमा सोही ठाउँका ट्र्याक्टर धनी सरोज श्रेष्ठ, ट्र्याक्टरका चालक रमेश कुमाल, सहचालक नवराज परियार, दीपेन्द्र कुमाल तथा कैलालीको धनगढी उपमहानगरपालिका–८ का हरि विष्ट रहेका उनले बताए । इजाजतबिना नै काठ लैजाँदै गरेको थाहा पाएपछि स्थानीयवासीले अमलाभन्ज्याङस्थित प्रहरी चौकीलाई जानकारी गराएका थिए ।
स्थानीयवासी र प्रहरीले काठ बोकेको ट्र्याक्टरसहित उनीहरुलाई नियन्त्रणमा लिएर डिभिजन वन कार्यालयलाई बुझाएको हो । नियन्त्रणमा लिइएका दुई ट्र्याक्टरमा सालको नौ थान ९३।७५ क्यूफिट० र बरको ३२७ थान ९८८।८८ क्यूफिट० चिरान काठ रहेको पाइएको प्रमुख पौड्यालको भनाइ छ ।
“स्थानीयवासीले जानकारी गराएलगत्तै घटनास्थलमा पुगेर काठसहित संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छौँ”, उनले भने “चार जनालाई घटनास्थलबाट र अन्य एक जनालाई बिहीबार धनगढी उपमहानगरपालिका–८ बाट पक्राउ गरिएको हो ।”
पक्राउ परेका चार जनामाथि अनुसन्धान गर्दै जाँदा उक्त काठ जिल्ला प्रहरी कार्यालयको भवन निर्माणका लागि ल्याइएको खुल्न आएपछि भवन निर्माणको जिम्मा पाएको रोयल कन्स्ट्रक्शन प्रालिका विष्टलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाइएको उनले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
खिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार