नेपालमा लकडाउनमै तीस जना सुत्केरी महिलाको मृत्यु
नेपालबहस संवाददाता
जेठ १६, २०७७ शनिबार ०:५५:४७
१६ जेठ, काठमाडौं । नेपालमा लकडाउनको अवधिमा मुलुकभर तीस जना गर्भवती तथा सुत्केरी महिलाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै गरिएको लकडाउनको मारमा सुत्केरी महिलाहरु परेका हुन ।
लकडाउनले गर्दा समयमै स्वास्थ्य संस्थामा पु¥याउन नसक्दा उनीहरूले अकालमै ज्यान गुमाउनु परेको छ । २८ जनाको स्वास्थ्य संस्थामा पुगेपछि र दुई जनाको घरमै मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो अवधिमा जोखिमपूर्ण अवस्थामा रहेका १४ जना गर्भवती तथा सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार गरी बचाइएको छ ।
उद्धार गरिएकामध्ये दुई जना गर्भवती तथा सुत्केरी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मन्त्रालयका अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो संख्या झण्डै चार गुणाले बढी हो । गतवर्ष यो अवधिमा ८ जना गर्भवती तथा सुत्केरी महिलाको मृत्यु भएको थियो । सुत्केरी तथा गर्भवतीको अवस्था नाजुक बन्न थालेपछि मात्रै स्वास्थ्य संस्था लैजाने प्रवृत्तिले गर्दा समस्या देखिएको स्वास्थ्यकर्मीको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म १ सय ३५ जनाको मृत्यु भएको छ । गतबर्ष देशभर दुई सय आठ जना गर्भवती तथा सुत्केरी महिलाको मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेलमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा दौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार